Listen Live: 

चितवनको कालिका नगरपालिकाको चालु आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

Radio Chitwan
मङ्लबार, फाल्गुन ३०, २०७९

रत्ननगर । चितवनको कालिका नगरपालिकाको चालु आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार गरिएको छ ।

सो नगरका मेयर विनोद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी नगरबासीहरुले बुङखहरे खोलाले बर्षेनि दुख दिँदै आएको भन्दै नियन्त्रण गर्न माग गरेका छन् । स्थानीय सरकारलाई प्रश्न गर्ने क्रममा नगरका अगुवाहरुले बुङखहरे खोलामा आउने बाढीले बर्षेनि सयौं घर डुवानमा पर्ने भन्दै दीर्घकालिन समस्यामा सामधान गर्न माग गरेका हुन । उनीहरुले सयौं घर डुवानमा गर्ने,वालीनाली क्षति हुने र जनधनको क्षति हुँदा समेत स्थानीय सरकारले नदी नियन्त्रणको प्रयास नगरेको आरोप लगाएका थिए ।

नगरबासीहरुले कालिका नगर अस्पतालको सेवा सुधार, कालिका हुँदै भरतपुर जाने सडक मर्मत, शैक्षिक सुधार, हिउदे सिंचाई, अनुदान वितरण, फोहोर व्यवस्थापन, नदीजन्य पर्दाथको समुचित प्रयोग तथा विकास निर्माणको काममा भइरहेको ढिलासुस्तीको विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले चालु आर्थिक बर्ष प्रदान गरिएको सेवा र विकास निर्माणको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले चालु आर्थिक बर्षमा अबैध रुपमा संकलन गरेर राखिएको नदीजन्य पदार्थ नियन्त्रण, जग्गा बर्गीकरणको काम सम्पन्न गरी कित्ताकट समेत सुरु गरिएको, बृद्धबृद्धाहरुलाई घरमै उपचार गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले विकास निर्माण तर्फ चालु आर्थिक बर्षमा १०१ वटा योजना सम्झौता भइ काम भइरहेको जानकारी दिए । सम्झौता भएका १०१ वटा योजना मध्ये ६२ वटा योजनाको कार्यप्रगतिका आधारमा रकम समेत भुक्तानी भइसकेको भन्दै चालु अबस्थामा रहेका योजनाको काम समेत धमाधम भइरहेको बताए ।

कार्यक्रममा नागरिक स्तरबाट उठेका प्रश्नको मेयर रेग्मी, उपमेयर विमला तामाङ सहित वडा नं १ का वडाध्यक्ष सन्तबीर स्याङ्तान,वडा नं २ का वडाध्यक्ष लक्ष्मण पौडेल,वडा नं ३ का वडाध्यक्ष बीरेन्द्र तामाङ,वडा नं ४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष दीपक बहादुर भट्टराई,वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी, वडा नं ७ का वडाध्यक्ष कमलराज मोक्तान, वडा नं ८ का वडाध्यक्ष चित्रबहादुर मगर, वडा नं ९ का वडाध्यक्ष निलकण्ठ मगर, वडा नं १० का वडाध्यक्ष नरजंग प्रजा र वडा नं ११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले जवाफ दिएका थिए ।

कार्यक्रममा मेयर विनोद रेग्मीले नगरभित्रका खहरे खोलाको जोखिममा रहेका नगरबासीको सुरक्षाको लागि दीर्घकालिन योजनाका साथ काम गर्ने बताए । नागरिकको समस्या सामधानप्रति आफु प्रतिबद्ध रहेको भन्दै उनले खहरे खोला नियन्त्रण, अस्पतालको सेवा सुधार, कृषि तथा पशुपालनमा अनुदान वितरण तथा शैक्षिक सुधारको काम सुरु गरिसकेको बताए ।

नागरिकबाट गुनासो नआउने गरी काम गर्ने पक्षमा रहेको भन्दै उनले असिमित आवश्यकतालाई सिमित स्रोत र साधनले काम गर्नुपर्ने बाध्यकारी अबस्था रहेको बताए । कार्यक्रममा उपमेयर विमला तामाङले स्वागत मन्तव्य राखेकी थिइन

आन्य समाचारहरु:-
April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

April 21, 2024
रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाे पत्रचार

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएकाे छ ।  कार्यपालिकाको  बैशाख ९ गतेकाे निर्णय र नगर  शिक्षा ऐन २०७४ संशोधन सहितको दफा […]

April 20, 2024
चितवनको रत्ननगर वडा नं ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जनाले सेवा लिगेका छन ।

रत्ननगर । शिविरमा छालाराेगका २१ जना , बालराेगका ३१ जना, स्त्रीराेगका २२ र हाड जाेर्नी राेगका १९० जना गरि  २६४ जनाले स्वास्थय परिक्षण गराएका हुन। भने  १२२ जनाले प्रयोगशाला सेवाकाे […]

April 20, 2024
समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

बुटवल, बैशाख ८ । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram