Listen Live: 

जग्गा वर्गीकरणसँगै खुल्यो कित्ताकाट

Radio Chitwan
मङ्लबार, फाल्गुन ३०, २०७९

भरतपुर । ठप्पजस्तै बनेको जग्गाको कारोबार जग्गाको वर्गीकरण र कित्ताकाटसँगै चल्मलाउने विश्वास गरिएको थियो । तर, कारोबार पुरानै अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् । लयमा नफर्किए पनि जग्गा अद्यावधिक गर्ने, सामान्य किनबेच गर्नेजस्ता कामहरु फाटफुट भइरहेको मालपोत कार्यालय भरतपुरका प्रमुख शेरबहादुर भण्डारीले बताए । कारोबार प्रभावित हुँदा राजस्वसमेत कम संकलन भएको छ । कम राजस्व संकलन हुँदा स्थानीय तहमा जाने राजस्व हिस्सा पनि स्वतः घट्ने देखिन्छ ।

‘स्थानीय तहहरुले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएको छ’, प्रमुख भण्डारीले भने, ‘कारोबारले सोचेजस्तो गति भने लिन सकेको छैन ।’ अपेक्षाअनुसार कारोबार हुनका लागि भने हालको आ र्थिक समस्या नै हट्नुपर्ने उनको भनाइ छ । अघिपछि जस्तो अवस्थामा कार्यालयमा काम हुन्थ्यो अहिले पनि त्यस्तै रहेको जानकारी गराउँदै उनले अन्य क्षेत्रमा आर्थिक चलायमान नहुँदासम्म जग्गा कारोबारमा त्यसको प्रत्यक्ष असर रहने बताए ।

सरकारको निर्देशनअनुसार मालपोत कार्यालयले जग्गाको वर्गीकरणसहितको सिफारिस माग्ने तर स्थानीय भू–उपयोग परिषद्ले जग्गा वर्गीकरण गरेर सिफारिस नदिँदा सेवाग्राही भने मर्कामा पर्ने गरेकोमा हाल यो समस्या समाधान भएको छ ।
भरतपुर महानगरलगायतका पालिकाहरुले जग्गाको वर्गीकरण बुझाइसकेका छन् । जग्गाको कित्ताकाट सुरू भएको तर किनबेचको कारोबार भने अघि बढ्न नसकेको व्यवसायीहरु बताउँछन् ।

केही व्यवसायी भने भू–उपयोग नियमावलीअनुसार काम हुन नसकेको गुनासो गर्छ्न् । विशेषगरी, जग्गाको क्षेत्रफलको आधारमा हुने कित्ताकाटमा उनीहरुले असन्तुष्टि जनाएका हुन् । सुजन प्लानिड एण्ड कन्स्ट्रक्सन प्रालिका अध्यक्ष एवम् नारायणी घरजग्गा व्यवसायी संघका कार्यसमिति सदस्य सुजन ओझाले ५ हजार वर्गमिटरमाथिको जग्गा कित्ताकाटमा समस्या भएको बताए । नियमावलीमा उल्लेख भए पनि व्यवहारमा लागू हुन नसकेको उनको गुनासो छ । वर्गीकरण हुनु र कित्ताकाट हुनुपूर्वको अवस्थाभन्दा हालको अवस्थामा कारोबारमा केही सुधार भएको ओझा बताउँछन् । ‘निराश हुनुपर्ने अवस्था पनि छैन, अर्कोतर्फ सन्तोषजनक अवस्था पनि छैन’, उनले भने ।

‘बैंकहरुले ऋण प्रवाह नगरेको, सबैतिर आर्थिक अवस्था कमजोर भएकाले जग्गा कारोबारमा कमी देखिएको छ’, उनले भने । लेखापढी व्यवसायी दिपेश शर्माले कारोबारको अवस्थामा सुधार आउन नसकेको बताए । ‘वर्गीकरण भएको केही दिनमात्रै भएको छ, हेरौँ केही दिनमा कारोबारको अवस्थामा सुधार हुन्छ कि’, शर्माले भने ।

भू–उपयेगा नियमावलीले ६ महिनाभित्र जग्गा वर्गीकरणको काम सम्पन्न गर्न भने पनि जिल्लाका कुनै पनि स्थानीय तह उक्त काम सम्पन्न गर्न सफल भएनन् । ०७९ जेठ २३ गते सूचना जारी गरी ६ महिनाभित्र आआफ्नो क्षेत्रको जग्गा वर्गीकरण गर्न भनिएको थियो । इच्छाकामनाबाहेक अन्य स्थानीय तहले वर्गीकरण गरी पेश गरेको मालपोत कार्यालय भरतपुर प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram