Listen Live: 

कुखुरा ओसारपसारका सवारीसाधनमाथि गैरकानुनीरुपमा कर असुली भएको आरोप ,प्रजिअलाई बुझाइयो ज्ञापन-पत्र

Radio Chitwan
मङ्लबार, फाल्गुन ३०, २०७९

भरतपुर । इच्छाकामना गाउँपालिकामा कुखुरा ओसारपसारका सवारीसाधनमाथि गैरकानुनीरुपमा कर असुली भएको आरोप लगाइएको छ । चितवन नवलपुर दाना वितरक संघ नारायणगढले इच्छाकामना र भरतपुरको सीमा क्षेत्रमा गैरकानुनीरुपमा कर असुली भएको आरोप लगाएको हो । संघले कुखुरा र चल्ला बोकेका गाडीहरु रोकेर गैरकानुनीरुपमा कर असुली भएको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय भरतपुरमा ज्ञापन पत्र नै बुझायो ।

संघका अध्यक्ष तेजनारायण पाण्डेले अवैधरुपमा कर असुलीको धन्दा तत्काल रोक्नलाई माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको बताए । उनीसहितको संघको एक टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष पाण्डेले भने, ‘भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको सिमानामा कुखुरा र चल्ला बोकेका गाडीहरुलाई रोकेर मनलाग्दी तरिकाले करको नाममा रकम असुली भइरहेको छ, अवैधरुपमा भएको कर असुली तत्काल रोक्न हामी माग गर्दछौँ ।’ उनले कुखुरा ओसारपसारका गाडीहरुबाट ५ सयदेखि ९ सय रूपैयाँसम्म कर असुली भएको बताए । उनले इच्छाकामना गाउँपालिकाबाट यस्तो हर्कत भएको आरोप लगाए ।

ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अवैधरुपमा कर असुली गर्न नमिल्ने बताए । उनले भने, ‘कहाँ, कसरी कर असुली भइरहेको रहेछ अध्ययन गरी अवैधरुपमा भएको पाइए तत्काल नियन्त्रण गरिनेछ ।’

इच्छाकामना गाउँपालिकाले इच्छाकामनाबाट चौपाया, तरकारी ओसारपसार गर्दा सरसफाइका लागि न्यूनतम कर लिने गरिएको जनाएको छ । गाउँपालिकाले कुखुरा तथा चल्ला ओसारपसारमा ठेकेदार पक्षले कर लिन नमिल्ने जनाएको छ ।

गाउँपालिकाका प्रमुख दानबहादुर गुरूङले ठेकेदार पक्षसँग कुखुराको गाडी ओसारपसारमा कर लिने कुनै सर्त नरहेको बताए । उनले भने, ‘इच्छाकामना गाउँपालिकाबाट चौपायाहरु ९बाख्रालगायत०, तरकारीहरु अन्यत्र लैजाँदा दुई सयदेखि ३०० रूपैयाँ कर उठाउन ठेकेदार पक्षसँग सम्झौता भएको हो, कुखुराको गाडीसँग कर असुली गर्नेमा कुनै सम्झौता भएको छैन ।’ उनले ठेकेदार पक्षले सर्तबेगर कर असुली गरेको पाइएको खण्डमा सम्झौता नै रद्द गर्न सकिने बताए । अध्यक्ष गुरूङले अवैध कर असुली भएको गुनासो इच्छाकामना गाउँपालिकामा हालसम्म नपरेको जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram