Listen Live: 

चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोलामाथिको पहाड फुटाउन विस्फोट गरिने

Radio Chitwan
मङ्लबार, फाल्गुन ३०, २०७९

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोलामाथिको पहाड फुटाउन विस्फोट गरिने भएको छ ।
नयाँ पुल निर्माणका लागि डोजरबाट पहाड फोड्ने काम सम्भव नभएपछि बारुदले विस्फोट गरेर फुटाउने अनुमति लिने काम अन्तिम चरणमा पुगेकाले चैत दोस्रो साताबाट काम हुने नागढुङ्गा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । मेसिनबाट पहाड फुटाउने काम गर्न दुई महिना १५ दिन मुग्लिन–नारायणगढ सडक दैनिक चार घण्टा बन्द गरेर काम गरिएको थियो ।

दैनिक बन्द गरेर काम गर्दा केही प्रगति भए पनि मुख्य स्थान तुइनखोलाको पहाड फुटाउन सम्भव नभएपछि बारुदले विस्फोट गर्नु अन्तिम विकल्प भएको आयोजना प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार विस्फोटका लागि जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालय हुँदै रक्षा मन्त्रालयमा फाइल पुगेको छ । विस्फोट गर्ने अनुमति पाएपछि चैत दोस्रो साताबाट काम सुरु हुन्छ ।

विस्फोट गरिने समयमा केही समय राजमार्ग बन्द गरिने भएको छ । ६० मिटरको उचाइ भएको पहाडलाई नियन्त्रित तरिकाले विस्फोट गरिनेछ । अहिलेको पुल साँघुरो भएकाले अर्को पुल निर्माण गर्न स्थान अभाव भएपछि पहाड फोड्ने काम भएको छ ।

सो सडकखण्डको चिसेन्जी, सिमलताल र कालीखोलामा पहाड काटेर पुल निर्माण गर्न मिल्ने स्थान बनाइसकिएको छ । अब एक स्थानमा मात्र पहाड फुटाउन बाँकी रहेको कार्यालयले जानकारी दिएको छ । यस सडकखण्डमा १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सातवटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठवटा पुललाई प्याकेज–२ बनाएर काम गरिरहेको छ ।

प्याकेज–१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज–२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन् । प्याकेज–१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपियाँमा र प्याकेज–२ का पुल ५९ करोड पाँच लाख ५९ हजार रुपैयाँमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

यहाँ तीनवटा पुल नौ मिटर र अरू ११ मिटर चौडा हुनेछन् । अधिकांश पुराना पुल ६ मिटर चौडा थिए । सडक कम्तीमा नौ मिटर फराकिलो भएको चार वर्ष भइसक्दा पनि पुलहरू भने साँघुरै छन् ।

पुल साघुरो हुँदा दुर्घटनाको जोखिम वृद्धि भएको छ । १५ वटामध्ये नौवटा पुल निर्माण पूरा भएका छन् । दुईवटा चैत महिनामा सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ । बाँकी चारवटा पुल भने निर्माण गर्न केही महिना लाग्ने बताइएको छ ।

यो सडकखण्ड पार गर्न सवारीसाधनलाई हाल औसत ३० मिनेट लाग्ने गरेको र सबै पुल तयार हुँदा १० मिनेट समय घट्ने आयोजनाको भनाइ छ । यो सडकअन्तर्गत मौरी, खानी र जलवीरे खोलामा नयाँ पुल बनेर गाडी चल्न थालेको खबर आजको गोरखापत्रमा छापिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram