रत्ननगर, रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (आइतवार) भएको खेलमा निजगढ फुटबल क्लब विजयी भएको छ । परिवर्तन हातेमालो […]
तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पाउन सकेन पूर्णता
चितवन । भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन।
तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २२० मिटर लम्बाइको ‘प्रिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीले २०७४ सम्म निर्माण सम्पन्न गरिसक्नुपथ्र्याे। २०७१ कात्तिकमा तीन वर्षमा सक्ने गरी सम्झौता भए पनि कार्य सम्पन्न गर्ने समयावधिसम्म पुल निर्माणको काम नै सुरु गर्न सकेको थिएन।
सुरुवातमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुलको पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यु)पछि लागत बढेर २१ करोड ६८ लाख रुपियाँ पुगेको थियो ।
२०७१ कात्तिकमा तीन वर्षमा सक्ने गरी सम्झौता भएको उक्त पुलको पक्की संरचना निर्माणको क्रममा २०७७ चैत २४ गते भत्केको थियो। पक्की संरचना भत्केको १८ दिनपछि २०७८ वैशाख १२ गते स्टिल संरचना निर्माणको क्रममा भत्केको थियो। स्टिल संरचना भत्किँदा उक्त समयमा काम गरिरहेका १४ जनामध्ये तीन जनाको मृत्यु भएको थियो।
स्टिल ट्रस्ट निर्माणको जिम्मेवारी लिएको गौरव इन्जिनियरिङका प्रमुख तारा पौडेलले आफूले जिम्मेवारी लिएको स्टिल संरचनाको काम चैतभित्र पूरै सम्पन्न गरी हस्तान्तरण गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो काम अन्तिम चरणमा पुगेको छ। चैतभित्रै हस्तान्तरण गर्छौं।”
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चन्द्रेश्वर साहका अनुसार २०७१ कात्तिक २० मा पहिलो पल्ट सम्झौता भएको उक्त पुल निर्माणको काम संशोधित म्याद थप गर्दागर्दै २०७९ चैत मसान्तसम्म लम्बिएको खबर आजको गोरखापत्रमा छापिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको […]
काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरिएको भनेर गरिएको टिप्पणी र चर्चाको खण्डन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव […]
रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]