रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
विद्यार्थी संगठनले चितवनको ११ क्याम्पसमा लगाएका ताला प्रहरीले फोड्यो

चितवन, फागुन ३०–
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा जिल्लाको ११ क्याम्पसमा विद्यार्थी संगठनहरुले विभिन्न बहानामा लगाएका ताला प्रहरीले हटाएको छ । बिहान ६ बजेसम्म पनि विद्यार्थी संगठनले आफुले लगाएका ताला नहटाएपछि प्रहरीले ताला फोरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको राजनीतिक दल र सुरक्षा निकायको बैठकले स्ववियु निर्वाचन शा सम्पन्न गर्ने निर्णय गरेको थियो । सोहि अनुसार विभिन्न दलका विद्यार्थी संगठनले क्याम्पसहरुमा लगाएको ताला आज बिहान ६ बजेसम्म खोल्न सम्बन्धित दलले निर्देशन दिने बताइएको थियो ।
प्रशासनले पनि एक सूचना जारी गरी तालाबन्दी हटाउन अनुरोध गरेको थियो । दलको निर्देशन र प्रशासनको आग्रहपछि पनि ताला नखोलिएपछि प्रशासनले प्रहरी लगाएर ताला फोरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]