चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय

काठमाडौँ, फागुन ३०–
चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । फागुन २७–२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले उपाध्यक्ष शर्मालाई उम्मेदवार बनाउने निर्णय गर्दै उपनिर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।
उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
जनमोर्चाले उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव र इसाईकरणविरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष केसीले बताए ।
चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनी पदमुक्त भएपछि निर्वाचन आयोगले आगामी २०८० साल वैशाख १० गते चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]