Listen Live: 

पूर्वी चितवनको खैरहनी नगरपालिका ‘आर्थिक विकास’ शीर्षकमा देशकै उत्कृष्ट नगरपालिका घोषित

Radio Chitwan
मङ्लबार, फाल्गुन ३०, २०७९

चितवन, फागुन २९–

पूर्वी चितवनको खैरहनी नगरपालिका ‘आर्थिक विकास’ शीर्षकमा देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । आज काठमाडौँमा आयोजित नेपाल नगरपालिका संघको ३०औं स्थापना दिवसको अवसरमा खैरहनी आर्थिक विकासमा उत्कृष्ट नगरपालिका ठहरिदै पुरस्कृत भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘उत्कृष्ट नगरपालिका पुरस्कार’ नगरपालिकाका प्रमुख शशीकुमार खनियाँलाई प्रदान गरे । खैरहनी नगरपालिका विभिन्न संघसंस्थाहरुबाट हुने मूल्यांकनमा उत्कृष्ट ठहरिदै आइरहेको छ । नगरप्रमुख खनियाँले उत्कृष्ट नगरपालिका पुरस्कारबाट पुरस्कृत भएकोमा सबै नगरबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा बधाई ज्ञापन गरेका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेखीय कार्य सम्पादन गरेकोले सोको उच्च मूल्यांकन गर्दै उत्कृष्ट नगरपालिका पुरस्कार–२०७९ बाट पुरस्कार प्रदान गरिएको नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram