Listen Live: 

चितवनको कालिका नगरपालिका मैरीपालक किसानलाई उपकरण वितरण

Radio Chitwan
सोमवार, फाल्गुन २९, २०७९

रत्ननगन । चितवनको कालिका नगरपालिकाले मैरीपालक किसानलाई उपकरण वितरण गरेको छ । मौरी पकेट क्षेत्र कार्यक्रममा समावेश भएका किसानहरुलाई अफ सिजनको बेला मौरी जोगाउन चिनी सहित घार तथा अन्य उपकरणका सामाग्री प्रदान गरिएको छ ।

कालिका नगरपालिकामा महको उत्पादन बढाउन र किसानलाई सोही पेशामा आत्मनिर्भर बनाउन मौरी पकेट क्षेत्र कार्यक्रम घोषणा गरी प्रर्बधनका कार्यक्रम सञ्चालन गरिएको छ । पकेट क्षेत्र कार्यक्रममा समावेश भएका ६३ जना किसानलाई ५० प्रतिशत अनुदानमा चिनी सहित घार तथा अन्य उपकरणका सामाग्री प्रदान गरिएको नगरपालिकाका कृषि विकास अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए ।

वडा नं ६ को कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा ६३ जना किसानलाई ११९ बोरा चिनी, २८० वटा मौरीको घार र ४०० वटा चिनी खुवाउने फिडर वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा मेयर विनोद रेग्मी र मौरी पकेट क्षेत्र सञ्चालन समितिका अध्यक्ष तेजप्रसाद लामिछानेले उपकरण सामाग्री हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर रेग्मीले कालिकामा मह उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट क्षेत्र घोषणा गरी किसानको हितमा काम गरिएको बताए ।

पशुपालक किसानलाई दुध र घाँसमा अनुदान तथा पुरस्कार प्रदान गर्दै आएको सो नगरपालिकाले मौरीपालक किसानलाई मौरी सहितको घार तथा उपकरण प्रदान गर्दै आएको उनले बताए । किसानहरुलाई उत्पादन लागत घटाउन आवश्यक पर्ने सबै सामाग्री हामी उपलब्ध गराउछौं मेयर रेग्मीले भने यसको उद्देश्य कालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने हो ।

प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले किसानले प्रतिफल प्राप्त गर्ने गरी कालिकाले प्रर्बधनात्मक कार्यक्रम गरिरहेको बताए । वडा जं ६ का वडाध्यक्ष टीकाराम रेग्मीले पशुपालक र मौरीपालक किसानहरुलाई पेशाप्रति प्रतिबद्ध बनाउन र उत्पादन बढाउन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सेवा निबृत्त नगरपालिकाका कृषि विकास अधिकृत शिवराज पौडेललाई मौरी पकेट क्षेत्र कार्यक्रमको तर्फबाट सम्मान गरिएको थियो । मह उत्पादन र पकेट क्षेत्र घोषणा गर्न भूमिका खेलेको भन्दै पौडेललाई सम्मान गरिएको हो ।

कालिका नगरपालिका भित्र १२५ जना किसानले व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । ६ हजार ५०० घार मौरी रहेको कालिकामा बार्षिक २५० टन मल उत्पादन हुँदै आएको छ । वडा नं १ देखि ८ सम्मका ६३ जना किसानलाई आबद्ध गरी मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ ।

गत जेठ महिनाबाट कालिकामा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो । मौरी पकेट क्षेत्र कार्यक्रमका अध्यक्ष तेजप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन हुमागाईले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram