काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
पूर्वी चितवनको रत्ननगर नगरपालिका भित्र बसोबास गर्ने चार जना अशक्त व्यक्तिहरुलाई सोमबार ह्विलचियर वितरण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका भित्र बसोबास गर्ने चार जना अशक्त व्यक्तिहरुलाई सोमबार ह्विलचियर वितरण गरिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा।स्वर्णिम वाग्लेबाट प्राप्त ह्विलचियर सोमबार वितरण गरिएको हो । अभियानकर्ता सुजन नेपाल क्षेत्रीले अशक्तहरुको घरघरमै पुगेर ह्विलचियन हस्तान्तरण गरेका हुन । वडा नं १ का राम गिरी,वडा नं ९ का विजय लामा र वडा नं ५ का जीवन महतो र सोही वडाकी बेडिया महतोलाई घरघरमै पुगेर ह्विलचियर हस्तान्तरण गरिएको क्षेत्रीले जानकारी दिए ।
ह्विलचियन वितरण कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ सहित शेरबहादुर परियार, शुशील खनाल, सुर्य लामा, सुरेशचन्द्र आचार्य, बुद्धिसेन थारु, डा।राम श्रेष्ठ, विशाल कार्की र सफल थापामगर लगायतको सहभागिता रहेको थियो ।
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]