रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
त्रिशूली नदीमा रोकियो उत्खनन

चितवन। त्रिशूली नदीको प्राकृतिक बहाव नै परिवर्तन गरी निर्माण कम्पनीले उत्खनन गर्ने काम हाल रोकिएको छ। चितवनको इच्छाकामना गाउँपालिका कुरिनटार र शहीद लखन गाउँपालिकाले वडा नं. ४ ठेउवाटार भएर बगेको त्रिशूली नदीको सामग्री झिक्नका लागि ठेक्का पाएको कम्पनीले वातावरणलाई असर गर्ने गरी उत्खनन गरेपछि रोकिएको हो। स्थानीयवासी, इच्छाकामना गाउँपालिका, सांसदको विरोधपछि गोरखाको शहीद लखन गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गरी उत्खनन कार्य तत्काल नगर्न रोक लगाएको छ।
नदीजन्य सामग्री उत्खननका लागि श्री त्रियुग निर्माण सेवा, सिन्धुपाल्चोकसँग शहीद लखन गाउँपालिकाले ठेक्का अनुमति दिएको थियो तर निर्माण कम्पनीले वातावरण प्रभाव मूल्याङ्कनको बेवास्ता गरी प्राकृतिक बहाव नै परिवर्तन गरी नदीजन्य सामग्री उत्खनन गरेको थियो।
गोरखातर्फबाट त्रिशूली नदीलाई साँघुरो बनाउँदै चितवनतर्फ लगेको छ। अस्थायी रूपमा बाँध बाँधेर अस्थायी पुल राखी नदीजन्य सामग्री ओसार्ने तयारी गरेपछि चितवनको इच्छाकामना गाउँपालिकासहित स्थानीयले विरोध जनाएका थिए।
चौतर्फी विरोधपछि लखन गाउँपालिकाले विज्ञप्ति जारी गरी ठेकेदारको सो काम रोकेको हो। शहीद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले भन्नुभयो, “नदीको बहाव नै परिवर्तन गरी सामग्री उत्खनन गरेको विषय हामीलाई जानकारी थिएन, अहिले जानकारी पाएपछि बन्द गर्न निर्देशन दिएका छौँ।”
उहाँले भन्नुभयो, “प्राकृतिक बहाव परिवर्तन गर्न पाइँदैन, सामग्री लैजान अस्थायी पुल बनाउने विषयमा हामीले अनुमति दिन पनि मिल्दैन र त्यसो गरेको कुरा मिलेन भनेर हामीले भनिसक्यौँ।”
उहाँका अनुसार वातावरणलाई असर नपर्ने गरी छ हजार घनमिटर मात्रै ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न पाउने सम्झौता भएको छ। वातावरणलाई असर गरे उत्खनन रोकिन्छ।
चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भन्नुभयो, “प्राकृतिक धार परिवर्तन गर्न पाइँदैन, वातावरणको संरक्षण सबैको चासो हो। ढिलै भए पनि काम रोकिएको छ।”
बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालले भन्नुभयो, “त्रिशूली नदी हामी सबैको सम्पत्ति हो, यसको संरक्षण गर्नु सबैको दायित्व हुन्छ। नदीलाई असर पर्ने गरी गिट्टी, बालुवा झिक्ने काम भएकोमा हाम्रो आपत्ति छ। वातावरण संरक्षणमा ध्यान नदिई काम गरे हामी आफैँले भए पनि रोक्ने छाैँ।”
त्रिशूली नदीको बहावलाई साँघुरो बनाएर उत्खनन गरेपछि -याफ्टिङ व्यवसायीले पनि विरोध जनाएका छन्। वर्षौंदेखि पर्यटन व्यवसाय सञ्चालन गर्दै आएकोमा त्रिशूली नदीको बहाव नै परिवर्तन गर्दा पेसा धराशायी भएको भन्दै एक दर्जन -याफ्टिङ व्यवसायीले विरोध गरेका हुन्। नेपाल -याफ्टिङ एन्ड क्यानोनिङ एसोसिएसन, नेपाल एसोसिएसन अफ -याफ्टिङ एजेन्ट्स (नारा), हिमालयन रिभर गाइड एसोसिएसन अफ नेपाल र नेपाल नदी संरक्षण कोषलगायतका सङ्घ/संस्थाले जथाभावी नदी मास्ने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका थिए।
हिमालयन रिभर गाइड एसोसिएसनका उपाध्यक्ष डोलबहादुर गुरुङले भन्नुभयो, “बर्सेनि सयौँको सङ्ख्यामा विदेशी तथा आन्तरिक पर्यटक -याफ्टिङमा रमाउने गर्दछन्। -याफ्टिङलाई असर पार्ने किसिमले नदीलाई थुन्ने काम हुँदा समस्या हुन्छ।
खोलामा जेसीबी, डोजर दौडेको देख्दा स्थानीय बासिन्दा पनि अचम्मित भएका छन्। ठूल्ठूला मेसिन चल्दा जलचरमा मर्ने क्रम पनि बढेको छ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]