Listen Live: 

जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी

Radio Chitwan
सोमवार, फाल्गुन २९, २०७९

काठमाडौँ, फागुन २९(

जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार दुई पालिकाका दुई वडामा कार्यक्रम सञ्चालनका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । दुई वडामा १० हजार मात्रा खोरेतविरुद्धको खोप लगाउने तयारी गरिएको छ । यसका लागि अध्ययनको काम सकिएको उहाँले बताउनुभयो । गाई, भैँसी, बङ्गुर, बाख्रा र भेडामा यो रोग देखिने गरेको उहाँले बताउनुभयो । यीमध्ये गाई भैँसीमा बढी सङ्ख्यामा खोरेतको समस्या देखिने गरेको छ ।

ती वडामा रहेका पशु चौपायाको अवस्थाको अध्ययन सकेर खोप अभियान सुरु गर्ने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । खोप अभियानका क्रममा वर्षमा दुई पटक खोरेतको खोप पशु चौपायमा लगाइने छ । नेपाल सरकारको सन् २०३० सम्म खोरेत न्यूनिकरण गर्ने लक्ष्यलाई सफल बनाउनका लागि यो अभियान सञ्चालन गरिएको हो । अभियानसँगै यस वर्ष जिल्लामा एक लाख १० हजार खोरेत रोगविरुद्धको खोप पशुचौपायमा लगाइने छ । गत आर्थिक वर्षमा समेत सोही सङ्ख्यामा खोप लगाइएको कार्यालयले जनाएको छ ।

खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घासपात नखाने, झोक्राउने, गिजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले ¥याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिनेजस्ता लक्ष्यण देखा पर्ने उहाँले बताउनुभयो । रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उहाँ सुझाउनुभयो । निलोतुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी सङ्क्रमण नगरुन भन्नका लागि एन्टीबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेतविरुद्धको खोप लगाउने गर्नुपर्ने न्यौपानेले बताउनुभयो ।

नेपालमा पहिलो पटक नमूनाको रुपमा यो अभियान गर्न लागिएको हो । खोरेतका कारण बर्सेनि पशुचौपायामा समस्या देखा पर्दा कृषकले नोक्सानी बेहोर्दै आएका छन् ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram