Listen Live: 

दिव्यनगरस्थित उमागढी आदर्श शेरचन कलेजमा शंकास्पद भेटिए बस्तु

Radio Chitwan
सोमवार, फाल्गुन २९, २०७९

चितवन, फागुन २९–

स्ववियु निर्वाचनको मुखमै भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित उमागढी आदर्श शेरचन कलेजमा शंकास्पद बस्तु भेटिएको छ ।

आज विहान करिव पौने ६ बजेको समयमा प्राध्यापक सर्वहित पण्डित कलेज पुग्दा उक्त शंकास्पद बस्तु भेटिएको हो । प्राध्यापक पण्डितले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार रातो झोलाभित्रबाट बाहिर तारहरु निस्किएको छ । बम भएको आशंकामा तत्काल प्रहरीलाई खबर गरिएको प्राध्यापक पण्डितले बताए । अहिले प्रहरी टोली कलेज परिसरमा पुगिसकेको छ भने नेपाली सेनाको डिस्पोजल टोली पुग्न बाँकी छ ।

यस कलेजमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन हुँदैछ । सोही अनुसार आज उम्मेदवारहरुलाई मनोनयनपत्र वितरण र भोलि दर्ताको कार्यतालिका रहेको थियो । हिजो मात्रै नेकपा ९एमाले०निकट विद्यार्थी संगठन अनेरास्वियुले विभिन्न माग राख्दै विहान कलेजमा तालाबन्दी समेत गरेको थियो । हिजो नै लोसपा पार्टी निकट विद्यार्थी संगठनले पनि समावेशितालगायतको माग राखेर दिउँसो तालाबन्दी समेत गरेको थियो ।

विवाद चर्कदै गइरहेको अवस्थामा शंकास्पद बस्तु भेटिदा विद्यालयमा त्रास सिर्जना भएको छ । आज विहानैदेखि पठनपठान कार्य प्रभावित बनेको छ ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram