चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा एमालेले जनताको साथ र पार्टीको साख फर्काउने

चितवन, फागुन २९–
नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा एमालेले जनताको साथ र पार्टीको साख फर्काउने बताएका छन् । मिसन ग्रासरुट अभियान अन्तर्गत चितवनको कमाण्ड गरिरहेका बास्कोटाले आइतबार चितवनका सञ्चारकर्मीसँग कुराकानी गर्दै रवि लामिछानेबारे धेरै टिप्पणी गर्न नचाहेको भन्दै एमालेलाई जिताउन चितवन आएको बताए ।
एमालेले जनताको साथ र पार्टीको साख दुवै फर्काउने उनले बताए । राष्ट्रपति निर्वाचनमा रवि लामिछानेको पार्टीले रामचन्द्र पौडेललाई भोट हाल्ने पुगेको विषयमा बोल्दै उनले रविको भरोसामा एमाले नबाचेको प्रतिक्रिया दिए ।
आफुले नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले जस्तो कुरा नगर्ने पनि उनको भनाई थियो।
‘कुनै कांग्रेसले उनकामा ९माओवादीमा० भोट हाल्न परे हात काट्छु भन्ने, जब निर्णय जीतनारायणले भनेको भन्दा उल्टो हुन्छ, जीतनारायण कहाँ हो कहाँ बेपत्ता । शक्तिखोरमै हराउँछन्’, उनले भने, ‘त्यो हिसावले म कुरा गर्दिन ।’
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दिल्लीको निर्देशनमा चलेको उनले आरोप लगाए । प्रचण्ड जता बहुमत पुग्छ त्यहि जाने गरेको भन्दै उनले एमाले र कांग्रेसको सरकार खास बेलामा बन्न सक्ने बताए ।
एमाले र कांग्रेसबीच साझा कार्यक्रममा मिल्न सक्ने बताए । राष्ट्रियता र जनताको सवालमा साझा कार्यक्रम बन्न सक्ने उनको भनाइ थियो । त्यस्तै उनले चितवनमा अब मतपत्र चपाउने दिन गएको बताए ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]