Listen Live: 

रत्ननगर स्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चार विद्यार्थी संगठनलको चुनावी सहकार्य

Radio Chitwan
आइतवार, फाल्गुन २८, २०७९

रत्ननगन २८ फागुन । रत्ननगर स्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चार विद्यार्थी संगठनले चुनावी सहकार्य गरेका छन् ।

चैत ५ गते हुने स्वातन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ बाहेक अन्य चार वटा संगठनले चुवानी तालमेल गरी अखिल संयुक्तको प्यानल बनाएर चुनाव लड्ने घोषणा गरेका हुन ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु, नेकपा माओवादी केन्द्र को भातृ संगठन अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी को भातृ संगठन अनेरास्ववियु र राप्रपाको भातृ संगठन राप्रवि संघ बीच चुनावी सहकार्य भएको हो । उल्लेखित पार्टीका नगर स्तरीय नेताहरुको रोहबरमा विद्यार्थी संगठनले चुनावी तालमेल गर्ने सहमति गरेका हुन ।

चार विद्यार्थी संगठनले पद बाँडफाँड समेत गरेका छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुलाई सभापति र सहसचिव सहित तीन सदस्य, नेकपा माओवादी केन्द्र को भातृ संगठन अखिल क्रान्तिकारीलाई उपसभापति र सचिव सहित ३ सदस्य, नेकपा एकीकृत समाजवादी को भातृ संगठन अनेरास्ववियुलाई कोषाध्यक्ष सहित २ सदस्य र राप्रपाको भातृ संगठन राप्रवि संघ दुई वटा सदस्य दिने गरी पद बाँडफाँड गरिएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष तथा सभापति पदका उम्मेदवार राजेन्द्र सापकोटाले जानकारी दिए ।

अखिल सयुक्त प्यानल उम्मेदवारको समेत टुङ्गो लगाएर भोट माग्न समेत सुरु गरिसकेको सापकोटाले जानकारी दिए । सो क्याम्पसमा अखिल सयुक्त प्यानल र नेपाल विद्यार्थी संघ बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram