Listen Live: 

प्रजातान्त्रिक विचार समाज चितवनको आयोजनामा शनिबार प्रजातान्त्रिक संस्कारका चुनौती र विमर्श विषयक अन्तर्क्रिया कार्यक्रम सौराहामा सम्पन्न

Radio Chitwan
आइतवार, फाल्गुन २८, २०७९

रत्ननगर । प्रजातान्त्रिक विचार समाज चितवनको आयोजनामा शनिबार प्रजातान्त्रिक संस्कारका चुनौती र विमर्श विषयक अन्तर्क्रिया कार्यक्रम सौराहामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका उपसभापति शालिग्राम पौडेलले शिक्षा क्षेत्रमा सुधार नगरेसम्म देशमा क्रान्तिकारी परिवर्तन नहुने बताउँदै व्यावसायिक र व्यवहार उपयोगी शिक्षा आजको आवश्यकता भएको बताए ।

शिक्षा क्षेत्र सुधारका लागि विश्वविद्यालय राजनीतिक खेलौना बन्न नहुने र कर्मचारीतन्त्रमा राजनीति हावी हुन नहुने उनको जिकिर थियो । गाउँगाउँमा विद्यालय बन्द गर्नुपर्ने परिस्थिति सृजना भएको र विश्वविद्यालयहरु विद्यार्थी खोज्दै विद्यालय चहार्न थालेको अवस्थामा विचार समाजले राजनीतिक दलहरुलाई झक्झक्याउन आवश्यक भइसकेको उल्लेख गरे ।

कार्यक्रममा प्रजातान्त्रिक विचार समाज चितवनका पूर्वअध्यक्ष प्राडा देवीप्रसाद कँडेलले राजनीति सङ्लो नभएसम्म कुनै पनि नीति सङ्लो नहुने भएकाले लोकतान्त्रिक शासन पद्धतिलाई सबल र सुदृढ बनाउन कानुनी सर्वोच्चता, विधिको शासन र मानवअधिकारको पालना गराउन दलहरुलाई सुझाव दिन जरूरी रहेको बताए ।

नेपाल ‘दुई ढुङ्गाबीचको तरुल’जस्तै अवस्थामा रहेकाले ‘असंलग्न परराष्ट्र नीति’ कायम राख्दै समदूरीका हिसाबले छिमेकीहरुसँग सम्बन्ध बढाउन आवश्यक रहेको सुझाव दिए । राजनीतिक नेतृत्वको स्वार्थ, आत्मकेन्द्रीयता, नातावाद र कृपावादका कारण राजनीति धमिलो बन्दै गएको र सुशासन कायम हुन नसकेको उनले प्रष्ट्याए ।

परम्परागत मूल्य—मान्यता र पेसा संकटमा पर्दै गएको र युवाशक्ति विदेश पलायनको सोचबाट ग्रसित भैसकेको वर्तमान सन्दर्भमा व्यावसायिक र प्राविधिकजस्ता रोजगारमूलक शिक्षा अपरिहार्य रहेको उनले बताए ।

शिक्षाविद् डा। वसन्त अधिकारीले शिक्षा नीतिमा व्यक्तिवादी चिन्तन हावी भएको र सही ठाउँमा सही नेतृत्वको अभावका कारण शिक्षा क्षेत्रमा सुधार हुन नसकेको बताए । शिक्षाको सुधार नभएसम्म प्रजातान्त्रिक संस्कारका चुनौती कायमै रहने बताउँदै डा। अधिकारीले उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्तिका कारण ‘जेनेरेसन ग्याप’ बढ्दै गएको उल्लेख गरे ।
शिक्षा नीतिमा रणनीति र विचार दिन सक्ने नेतृत्व स्थापित नभएसम्म शिक्षित जनशक्ति पलायन हुँदै जाने र विश्वविद्यालयहरुले विद्यार्थी खोज्दै विद्यालय चहार्नुपर्ने समस्या आइरहने उनको भनाइ थियो । शिक्षामा ‘क्रान्तिकारी परिवर्तन’ आवश्यक रहेको उनको भनाइ थियो ।

प्रजातान्त्रिक विचार समाज चितवनका पूर्वअध्यक्ष भुवानीप्रसाद पौडेलले राजनीतिक दलहरुले सत्ता लोभका कारण गन्तव्य बिर्संदै गएको अवस्थामा बुद्धिजीवी संगठनहरुले गलत प्रवृत्तिविरुद्ध विरोध जनाउँदै दलहरुलाई लोकतान्त्रिक संस्कार सिकाउनुपर्नेमा जोड दिए । राजनीतिमा देखिएका गलत संस्कार परिवर्तनका लागि विधि र न्यायलाई टेकेर विचार, विमर्श र मन्थन गरेर राजनीतिलाई अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको उनले औँल्याए ।

यस्तै, बुद्धिजीवी परिषद् चितवनका अध्यक्ष लक्ष्मीकान्त चालिसेले प्रजातान्त्रिक अभ्यासको थालनी घरबाटै गर्नुपर्ने बताउँदै सहकार्य र सामूहिक निष्कर्षबाटै प्रजातान्त्रिक संस्कार निस्कने विचार व्यक्त गरे । संस्कारयुक्त ढङ्गबाट उठाइएका आवाज सम्बन्धित क्षेत्रबाट सम्बोधन हुन नसकेकै कारण प्रजातान्त्रिक संस्कारको चुनौती कायम रहेको रहेको उनले बताए ।

पदासिन व्यक्तिले स्वार्थलाई केन्द्रबिन्दुमा राखेपछि विधि—विधानहरु ओझेलमा पर्ने बताउँदै विचार संगठनका भाष्य फरक भए पनि खराब प्रवृत्तिविरुद्ध निर्धक्क आफ्ना कुराहरु राख्न सक्नुपर्ने उनको भनाइ थियो ।

नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य विनोदखण्ड तिमिल्सिनाले अहिलेको अवस्थामा भाषणभन्दा पनि देशको आर्थिक अवस्था, राष्ट्रिय चिन्तन र अन्तर्राष्ट्रिय सम्बन्धबारे समकालीन बहसको आवश्यकता रहेको उल्लेख गरे । पछिल्लो समय आन्तरिक लोकतन्त्रको खडेरी परेको अवस्थामा यसलाई सशक्त बनाउँदै प्रजातन्त्रलाई प्रवर्द्धन गर्न बहुमतको कदर हुनुपर्नेमा जोड दिए । अहिको अवस्थामा सहमति र सहकार्यका आधारमा परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्न विधिको शासन कायम हुनुपर्ने उनको भनाइ थियो ।

प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष सुरेशचन्द्र आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा दीपक गौतम, जनक घिमिरेलगायतका वक्ताले पनि राजनीतिक दलहरुलाई विचार संगठनहरुले खराब प्रवृत्तिविरुद्ध औँला ठड्याउन सामथ्र्य राख्नुपर्ने विषयमा आफ्ना भनाइ राखेका थिए । संस्थाका सदस्य विकास पौडेलले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पेसा तथा बौद्धिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram