Listen Live: 

रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका दीर्घरोगीलाई मासिक पाँच हजार रूपैयाँ उपचार खर्चबापत प्रदान गर्ने निर्णय

Radio Chitwan
आइतवार, फाल्गुन २८, २०७९

रत्ननगर । रत्ननगर नगरपालिकाको विपन्न नागरिक सिफारिस समितिको बैठकले रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका दीर्घरोगीलाई मासिक पाँच हजार रूपैयाँ उपचार खर्चबापत प्रदान गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मृर्गौला प्रत्यारोपण, मृर्गौला डायलासिस, क्यान्सरपीडित र मेरूदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७८ को परिच्छेद १ को २ ९ग० तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पिसिएस प्रष्टीकरण पत्रानुसार मासिक पाँच हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

रत्ननगर नगरपालिकाले स्वास्थ्य उपचारबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रमार्फत ज्येष्ठ नागरिक, दीर्घरोगी, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

नगरप्रमुख सापकोटाको विशेष पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मृर्गौला प्रत्यारोपण गरेका, डायलासिसको उपचार गरिरहेका, क्यान्सर रोगी र मेरूदण्ड पक्षघात भएका बिरामीहरुलाई साउनदेखि पुस मसान्तसम्म मासिक ५ हजार रूपैयाँका दरले औषधि उपचार खर्चबापतको रकम उपलब्ध गराउन लागिएको हो ।

चार प्रकारका बिरामीका लागि सम्बन्धित वडा कार्यालयबाट सिफारिस भई आएको र कुनै कारणवश छुटेका बिरामीका सन्दर्भमा पनि औषधि उपचार गराएको परिचय खुल्ने कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क राख्न नगरप्रमुख सापकोटाले आग्रह गरेका छन् । ‘विपन्न भएकै कारण उपचारबाट कोही पनि वञ्चित हुनुपर्दैन’, उनले भने, ‘रत्ननगर नगरपालिकाले अभिभावकीय जिम्मेवारी पूरा गर्छ ।’

रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले हालसम्म स्वास्थ्य शाखामा १११ जना बिरामीले नाम दर्ता गराएको जनाएका छन् । नाम दर्ता गराएकामध्ये ८१ जना क्यान्सरका बिरामी, मृर्गौला डायलासिस गराइरहेका १७ जना, मृर्गौला प्रत्यारोपण गरेका ११ जना र मेरूदण्ड पक्षघातका दुई बिरामी छन् ।

शुक्रबार नगरप्रमुख सापकोटाको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र स्वास्थ्य शाखा प्रमुखसहितको विपन्न नागरिक सिफारिस समितिको बैठकले कुल १११ जना बिरामीलाई साउनदेखि पुस मसान्तसम्मको एकमुष्ठ ३० हजारका दरले उपचार खर्च वितरण गर्ने निर्णय गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख पौडेलले स्वास्थ्य मन्त्रालयबाट माग गरिएको ३३ लाख ३० हजार रूपैयाँ निकासा भइसकेको जनाउँदै वडा कार्यालयले मृत्यु भएकाको तथ्याङ्क अद्यावधिक गरेपछि साउनदेखि पुससम्म ६ महिनाको रकम तत्कालै सम्बन्धित बिरामीको बैंक खातामा पठाइने बताए । बिरामीको अवस्थाको तथ्याङ्क हरेक महिना अद्यावधिक गर्दै जाने उनले जानकारी दिए ।

रत्ननगर नगरपालिकाले अन्य विपन्न नागरिकको उपचारका लागि रत्ननगर बकुलहर अस्पतालमा ३० लाख रूपैयाँको विपन्न नागरिक कोषसमेत खडा गरेको छ । जसमार्फत उपचार खर्च बेहोर्न नसक्ने विपन्न तथा असहायले उपचार सेवा पाउनेछन् ।

पैसाका कारण कोही पनि उपचार नगरी फर्किनुपर्ने परिस्थिति नआओस् भनेर सो कोषको व्यवस्था गरिएको नगरप्रमुख सापकोटाको भनाइ छ । रत्ननगर नगरपालिकाले ३५ सय विपन्न परिवारको निःशुल्क बिमासमेत गरिसकेको छ ।

आन्य समाचारहरु:-
December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

December 4, 2023
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा

रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]

December 4, 2023
नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित

नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित चितवन, मंसिर १७-नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित हुनु भएको छ । लेडी जेसीजको २७ औं शाखा अधिवेशनबाट श्रेष्ठ वर्ष २०२४ का […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram