कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
इच्छाकामना गाउँपालिका वडा नं ४ स्थित त्रिशूली नदीको धार परिवर्तन

कुरिनटार । इच्छाकामना गाउँपालिका वडा नं ४ स्थित त्रिशूली नदीको धार परिवर्तन गराइएको छ । गोरखा जिल्लाको सहिद लखनथापा गाउँपालिकास्थित ठेउवाटार भन्ने स्थानबाट इच्छाकामना–४ स्थित लेवाटारतर्फ बाँध हालेर नदीको धार परिवर्तन गरिएको हो ।
गोरखा जिल्लापट्टि त्रिशूली नदीकिनारमा रहेको ढुङ्गा गिटी बालुवा उत्खनन गरी चितवनतर्फ ल्याउनका लागि नदीमा थुन्ने काम भएको छ । गोरखातर्फबाट ७० मिटरजति बाँध लगाई सकिएको छ । अब जम्मा ३० मिटरजति भाग छाडिएको छ । यो भागबाट नदीले धार बनाएको छ । ३० मिटर जति क्षेत्रमा बाँध नबाँधेर बेलिब्रिज हाल्ने उत्खनन पक्षको तयारी छ ।
हाल बाँध बाँधेको भन्दा पाँच सय मिटरमाथि चितवनतर्फबाट उत्खनन पक्षले नदीको धार परिवर्तन गर्न खोजेको थियो । तर इच्छाकामना गाउँपालिका र स्थानीयवासीले अवरोध गरेपछि त्योभन्दा पाँच सय मिटर तल केबलकार स्टेसनतर्फ गई गोरखातर्फबाट बाँध बाँधने काम भएको छ । राज्यले चाहेर वर्षांैदेखि हुन नसकेको काम निजी क्षेत्रले केही दिनमै पूरा गर्न लागेको देख्दा स्थानीयवासी भने आश्चर्यमा परेका छन् ।
नदीको धार नै फर्काएर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र ढुवानीको तयारी भएको रहेछ, चितवन क्षेत्र नम्बर २ ९क० का प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले भने,‘म आफँै फिल्डमा पुगेर काम रोक्ने निर्देशन दिएपछि उनीहरुले ठाउँ फेरर पुनः काम थालेका छन् ।’
‘गोरखातर्फ अहिले काम भएको देखेको छु, तर चितवनतर्फ त्यस्तो अनाधिकृत काम हुन दिने छैन,’ सांसद् सिलवालले भने । प्राकृतिक स्रोत र साधनमाथि दोहन गर्ने उद्देश्यले लाखौँ लगानीमा रातारात काम भएको देख्दा अचम्म लागेको छ ।
गोरखा जिल्लाका सांसद् राजेन्द्र बजगाईले यस क्षेत्रको अवलोकन गरेका छन् । स्थानीयको विरोध वाबजुद पालिकाले काम अघि बढाएकोमा आफ्नो ध्यानाकर्षण भएको सांसद् बजगाईले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । नदी संरक्षण, जल पर्यटन र गाउँ जोखिममा पर्नेतर्फ आफूहरुको गहिरो चासो रहेको उनले बताएका छन् । उनले स्थानीयसँग यस विषयमा अन्तर्क्रिया गरेका छन् ।
‘उत्खननको काम आफ्नो क्षेत्रको नभए पनि त्यसको प्रत्यक्ष असर पर्ने भएपछि इच्छाकामना गाउँपालिकाले पटक–पटक लखन थापा गाउँपालिकालाई पत्र काटेर वातावरणीय प्रतिकुलतामा ध्यान दिन भनेको छ, हामीले उत्खनन पक्षको पनि ध्यानाकर्षण गराएका छौँ’, इच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरूङले भने । ‘केही मानिसहरुले इच्छाकामनाले चाहेमा काम रोकिने भन्छन्, तर काम लखन थापा गाउँपालिकाले दिएको हुँदा रोक्ने जिम्मा उनीहरुकै हो, हामीले रोक्न चाहेर सक्दैनौँ, प्रमुख गुरूङले भने ।
नदीजन्य वस्तु उत्खननका सीमा र नियमहरु रहेको भन्दै उनले सबै प्रक्रिया पूरा नभएसम्म आफूहरुले गोरखाबाट नदी थुनेर चितवनतर्फ सामग्री ल्याउने कामलाई सहयोग नगर्ने उनले बताए । उत्खननका लागि स्वीकृति दिइएको भनिएको निकाय सहिद लखन थापा गाउँपालिका प्रमुख रमेश रानालाई सम्पर्क गर्दा फोन उठेन ।
जल पर्यटन, वातावरणीय प्रभाव, उत्खननपछि वर्षाको समयमा नदीले नजिकका बस्तीमा पार्ने प्रभाव सबै चिजलाई बेवास्ता गरेर धमाधम काम भइरहेको र त्यसको विरोधमा आफूहरु उभिएको इच्छाकामना–४ का वडा अध्यक्ष रूद्रप्रसाद उप्रेतीले बताए । आफ्नो भूगोल प्रयोग गरेर उत्खनन भएका सामग्री कता कुन प्रयोजनका लागि लगिँदैछ भन्ने विषयमा समेत आफूहरु जानकार नभएको वडाअध्यक्ष उप्रेतील बताए । चितवन र गोरखा दुवैतर्फका स्थानीयवासी अधिकांशको यस काममा विरोध रहेको उनले बताए । ‘जिम्मेवार र अधिकार प्राप्त निकायहरु मौन छन्, म एक्लै कराएर केही हँुदैनजस्तो लागिसक्यो,’ उनले भने ।
नदी छेकेर चितवनतर्फको कुनातिरको भागबाट एकतर्फी बगाउँदा त्यसको प्रत्यक्ष मार ¥याफटिङ व्यवसायमा परेको छ । हिमालयन ¥याफटिङ एसोसिएसनले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको ¥याफटिङ व्यवसायी कमल ठकुरीले बताए । ‘चरौदी, हुग्दीखोला, फिस्लिङबाट त्रिशूली नदीमा ¥याफटिङ हुँदै आएको छ, ठकुरीले भने,‘जल पर्यटन नै अप्ठेरोमा परेपछि हामीले ध्यानाकर्षण गराएका हौँ ।’
चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले व्यापक चासोपछि सो क्षेत्रको निरीक्षण गरेका छन् । वस्तुस्थिति नियालेपछि प्रारम्भिक वातावरणीय परीक्षण ‘आइइई’ रिपोर्ट र अन्य कानुनी प्रावधान हेर्न गोरखाको प्रजिअसँग अनुरोध गरिएको उनले बताए ।
गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूषालले त्रिशूलीमा भइरहेको कामबारे व्यापक चासो भएपछि सहिद लखन थापा गाउँपालिकासँग आवश्यक कागजात माग गरिएको बताए । कानुनी प्रक्रिया पूरा गरे नगरेको बुझेर आवश्यक कदम चाल्ने प्रजिअ भूषालले बताए । त्रिशूलीको ‘आइइई’ स्वीकृत हेरेरमात्र निर्णय गर्ने उनले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

