चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नेपाल नेत्रज्योति सङ्घ चितवनको सभापतिमा जयराम श्रेष्ठ सर्वसम्मत चयन

चितवन। नेपाल नेत्रज्योति सङ्घ चितवनको सभापतिमा जयराम श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको आज सम्पन्न २३औँ साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको सदस्यमा तेजेन्द्रबहादुर खड्का, केशवप्रसाद अधिकारी, सिद्धार्थलाल चुके, नारायणप्रसाद अधिकारी, शान्तकुमार पिया, चीरञ्जीवी सुवेदी, पवनकुमार पिया, दिनेश खनाल, रामप्रसाद भट्ट र गुरुप्रसाद पौडेल रहनुभएको छ । समितिको महिला सदस्यमा सुधा जोशी र कस्तुरी श्रेष्ठ चयन हुनुभएको छ । प्रेमप्रभा क्षेत्री, दीपक राना, रामप्रसाद कँडेल र केएन सिलवाल समितिको सदस्यमा मनोनित हुनुभएको छ ।
अधिवेशन सम्पन्न भए पनि आगामी वैशाख १ गतेदेखि नयाँ समितिको कार्यकाल प्रारम्भ हुनेछ । समितिको पहिलो बैठकले उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष चयन गर्ने सङ्घका जिल्ला अध्यक्ष कृष्णराज धरेलले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दले गर्नुभएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, सङ्घका पूर्वसभापति वामदेव खनाल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, लायन्स इन्टरनेशनल ३२५ आरका गभर्नर सिद्धार्थलाल चुके, भरतपुर १० का वडाध्यक्ष पर्मेश्वर खनाल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललगायतले शुभकामना दिनुभएको थियो ।
सङ्घले भरतपुर आँखा अस्पताल र यस मातहत १६ आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]