Listen Live: 

चितवनको भरतपुर महानगरपालिका वडा नं १ आँपटारीमा २२० केभीको नयाँ सबस्टेशन तयार

Radio Chitwan
आइतवार, फाल्गुन २८, २०७९

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं। १ आँपटारीमा २२० केभीको नयाँ सबस्टेशन तयार भएको छ । आयोजना प्रमुख नारायण रेग्मीले दिएको जानकारी अनुसार अहिले सबस्टेशन परीक्षणको काम चलिरहेको छ । अर्को महिना सबस्टेशन चार्ज गरिने उनले जानकारी दिए ।

‘सबस्टेशन तयार भयो, अर्को महिना चार्ज गर्ने योजनामा छौं, रेग्मीले भने, ‘विभिन्न समस्याहरू भोग्दै केही ढिला भए पनि सबस्टेशन तयार भएको छ ।’ सबस्टेशनको केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले अवलोकन गरी फर्किएका थिए ।

सबस्टेसनमा १६०र१६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका तयार भएको सबस्टेशनमा तनहुँ जलविद्युत आयोजना १४० मेगावाटबाट उत्पादित विद्युत पनि ल्याएर जडान गरिनेछ ।

नयाँ भरतपुर सबस्टेशन ‘ग्याँस इन्सुलेटेड सबस्टेसन प्रविधिमा आधारित छ । भरतपुरमा पहिल्यै सबस्टेशन रहेकाले अहिले नयाँ बनेको सबस्टेशनलाई नयाँ भरतपुर सबस्टेशन भनिएको हो ।

नयाँ भरतपुर र लमजुङको उदिपुरमा सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी लार्चेन एण्ड टर्बोसँग करिब २ वर्षअघि ठेक्का सम्झौता भएको थियो । झण्डै ३ अर्बको लागतमा भरतपुर उदिपुरमा सबस्टेशनको जिम्मा पाएको कम्पनीको म्याद आगामी जुन ३० सम्म छ । भरतपुरको नयाँ सबस्टेशन तयार भए पनि उदिपुरको तयार हुन अझै ४ महिना जति लाग्ने आयोजना प्रमुख रेग्मीले बताए ।

मर्स्याङ्गदी करिडोर अन्तर्गत नै मनाङ्गको धारापानी र लमजुङ्गको खुदीमा पनि सबस्टेशन बन्दैछन् । तिनीहरुको काम ६ महिना भित्र सक्ने लक्ष्य राखिएको छ । धारापानी, खुदीको सबस्टेशन तथा धारापानी देखि उदिपुरसम्मको ४६ किलोमिटर ९३०ं१६० प्रसारण लाइन निर्माणको जिम्मा चिनियाँ कम्पनी टिबीईएले पाएको हो । प्रसारण लाइनसहित दुई सबस्टेशन निर्माणको लागत ७ अर्ब रहेको छ ।

मर्स्याङ्गदी करिडोरको विद्युतलाई भरतपुसम्म ल्याएर जोड्न तनहुँको आँबुखैरेनीदेखि भरतपुरसम्म विद्युत प्रसारण लाइन बनाउने कामले भने खासै गति लिन सकेको छैन ।
आगामी सेप्टेम्बर महिनासम्म काम सकिसक्ने गरी ठेक्का सम्झौता गरिएको हो । यी प्रसारण लाइनबाट आउने विद्युतलाई भरतपुरको नयाँ सबस्टेशन हुँदै देशका विभिन्न भागमा लैजाने योजना प्राधिकरणको छ ।

प्रसारण लाइन बन्न ढिलाइ

मनाङ्गको धारापानीदेखि भरतपुरसम्म ११३ किलोमिटर लामो प्रसारण लाइनलाई विभिन्न खण्डमा बाँडेर काम गरिएको छ । मनाङ्गको धारापानीदेखि लमजुङ्गको खुदीसम्म ३० किलोमिटर लामो प्रसारण लाइनमा ८० वटा टावर निर्माणको काम भरखरै मात्रै सुरु भएको छ ।

यस्तै, खुदीदेखि उदिपुरसम्मको १६ किलोमिटर लामो प्रसारण लाइन भित्र ४६ वटा टावर निर्माण हुनेछन् । यसको काम पनि भरखरै सुरु भएको आयोजना प्रमुख नारायण रेग्मीले जानकारी दिए । धारापानीदेखि उदिपुरसम्मको ४६ किलोमिटर लामो प्रसारण लाइन एउटै ठेकेदारले बनाउँदैछ । यस्तै उदिपुरदेखि नयाँ भरतपुरसम्मको ६७ किलोमिटर लामो प्रसारण लाइनमा १९३ वटा टावरहरु बन्ने छन् । यो प्रसारण लाइनको जिम्मा चिनियाँ कम्पनी पिङ्गगाओले लिएको हो । ३ अर्ब लागत रहेको यो खण्डको प्रसारण लाइनको ठेक्का सम्झौता आगामी अप्रिलको अन्तिममा सकिदैछ । तर, काम सन्तोषजनक छैन ।

ठेकेदारले कामलाई गति नदिए ठेक्का तोड्ने मनस्थितीमा प्राधिकरण रहेको छ । यो खण्डको अहिलेसम्म ६ किलोमिटर मात्रै चार्ज गरिएको छ । अहिलेसम्म ४० प्रतिशत मात्रै काम सकेकाले ठेक्का सम्झौता अवधि भित्रमा ठेकेदारले काम सक्ने अवस्था छैन ।

मर्स्याङ्गदी करिडोरको विद्युतलाई भरतपुसम्म ल्याएर जोड्न तनहुँको आँबुखैरेनीदेखि भरतपुरसम्म विद्युत प्रसारण लाइन बनाउने कामले भने खासै गति लिन सकेको छैन । यो क्षेत्रमा बन्ने ८० वटा टावरहरु मध्ये हालसम्म जम्मा १५ वटा जति टावरको मात्रै फाउण्डेशनको काम भैरहेको छ । कठिन भूगोल र वनसम्वन्धी समस्याका कारणले समयमा नै काम गर्न नसकिएको आयोजना प्रमुख रेग्मीले जानकारी दिए ।

ठेकेदार कम्पनीले तनहुँ र चितवन गरी दुईतिरबाट टावरहरुको काम गरिरहेको छ । प्रसारण लाइन बन्ने ठाउँ र फाउण्डेशन बन्ने ठाउँमा रहेका रुख कटान गर्न ढिला हुँदा काम प्रभावित भएको उनले बताए । रुख कटानका लागि आईई स्वीकृत भएर कटान आदेश आउन ढिला भएको छ । प्रसारण लाइनबाट करिब २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले विश्वास लिएको छ ।

चितवनको भरतपुरदेखि मनाङ्गको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । मर्स्याङ्गदी करिडोरको उत्पादित विद्युत र तनहुँ जलविद्युत आयोजनाबाट उत्पादन हुने १४० मेगावाट विद्युत डबल सर्किट भएर चितवनको रामनगरमा आउने र त्यहाँबाट ४ वटा मल्टिसर्किट प्रसारण लाइन तयार गरी आँपटारीको २२० केभीको सबस्टेनमा जडान गरिनेछ ।

तनहुँ जलविद्युतबाट उत्पादित बिजुलीलाई भरतपुरसम्म ल्याएर जोड्न २२० केभीको डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको काम चलिरहेको छ । पावर हाउसबाट भरतपुरको आँपटारीसम्म ३६ किलोमिटर लामो ट्रान्समिसन लाइनमा ९४ वटा टावरहरू हुनेछन् । तीमध्ये ५१ वटाको फाउण्डेशनको काम सकिएको छ भने ३१ वटा टावर ठड्याउने काम सकिएको छ । ४ वटामा स्पानमा तार तान्ने काम पनि गरिएको छ । ट्रान्समिसन लाइनको झण्डै ६५ प्रतिशत काम सकिएको छ ।

झण्डै १ अर्बको लागतमा भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले ट्रान्समिसन लाइन बनाउने जिम्मा सन् २०१९ को डिसेम्बरमा दिइएको हो । ठेक्का सम्झौता भएको ३ वर्षभित्र बनाइसक्ने उल्लेख भए पनि रुख कटानको अनुमति र कोरोना भाइरसको संक्रमणका कारणले समयमा नै काम अगाडि बढाउन नसकिएको आयोजनाका इलेक्ट्रिकल महाशाखा प्रमुख गुञ्जन आत्रेयले बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram