राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
नेपाल नेत्र ज्योति सङ्घ चितवनमार्फत सञ्चालित आँखा अस्पतालबाट एक वर्षमा १२ हजार जनाभन्दा बढीको मोती बिन्दुको शल्यक्रिया

चितवन। नेपाल नेत्र ज्योति सङ्घ चितवनमार्फत सञ्चालित आँखा अस्पतालबाट एक वर्षमा १२ हजार जनाभन्दा बढीको मोती बिन्दुको शल्यक्रिया हुने गरेको छ । सङ्घद्वारा चितवन, बारा, पर्सा, नवलपरासीको कावासोतीमा सञ्चालित अस्पतालबाट सबैभन्दा धेरै मोती बिन्दुको शल्यक्रिया हुने गरेको पाइएको छ । नेपाल नेत्र ज्योति सङ्घ चितवनको शनिबार सम्पन्न २३औँ साधारण सभामा जानकारी दिएअनुसार मोती बिन्दुको शल्यक्रिया चालू आर्थिक वर्ष २०७९र८० को गत माघ महिनासम्ममा तीन हजार ७३२ जनाको उपचार भएको छ । गत वर्ष २०७८ मा तीन हजार ७२६ जनाको आँखाको उपचार भएको थियो ।
अस्पतालले सञ्चालन गरेको बाह्य शिविरबाट मोती बन्दुको समस्या भएर उपचार गर्न आउनेको सङ्ख्या अझ धेरै रहेको नेत्र ज्योति सङ्घ चितवनका सहसचिव केवशप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसरी उपचार गर्न आउनेको सङ्ख्या चालू आर्थिक वर्षमा मात्रै चार हजार ८४९ जना छन् । सङ्घले जिल्ला र जिल्लाबाहिर गरेको शिविरमा समस्या देखिएपछि अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या हो यो । अघिल्लो आर्थिक वर्षमा एक हजार १४३ जना उपचारका लागि आएका थिए ।
आँखामा समस्या भएमा अस्पतालसम्म पुगेर उपचार गराउनुपर्छ भन्ने सचेतना अझै विकास नभएको, उपचारमा धेरै खर्च लाग्छ भन्ने लाग्ने गरेको, समयमा आँखा परीक्षण नगर्ने बानी भएका कारण शिविरमा धेरै बिरामी फेला पर्ने गरेको उहाँले जानकारी दिनुभयो । सङ्घमार्फत सञ्चालनमा रहेका अस्पताल र उपचार केन्द्र गरी १६ वटा स्वास्थ्य संस्थाबाट वार्षिक रूपमा दुई लाखभन्दा धेरैले बहिरङ्ग सेवा लिने गरेको पाइएको छ ।
सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा उपचार गर्न आएका गरिब असहाय बिरामीलाई चालू आर्थिक वर्षमा ५९ लाख ४६ हजार ९९६ रुपियाँ बराबरको उपचार सेवा निःशुल्क गरेको जनाइएको छ । सङ्घले आर्थिक वर्ष २०७८।७९ मा सवारीचालकको कलर भिजन परीक्षण क्याम्पमार्फत १२५ जनाको आँखा परीक्षण गरेको भन्दै भरतपुर आँखा अस्पतालले आँखामा देखिने क्यान्सरको उपचार गर्ने तयारी रहेको जानकारी दिएको छ । बीपी कोइराला क्यान्सर अस्पतालबाट एनेस्थेसिया सेवा लिएर क्यान्सर रोगका बिरामीको उपचार गरिने भएको खबर आजको गोरखापत्रमा छापिएको छ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]