Listen Live: 

नारायणगढ–मुग्लिन सडक खण्डको रामनगरका होटलमा अस्वस्थकर खाना

Radio Chitwan
आइतवार, फाल्गुन २८, २०७९

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको रामनगरका होटलमा खाना अस्वस्थकर भएको पाइएको छ। आकस्मिक रूपमा शुक्रबार राति जिल्ला प्रशासन, खाद्य गुणस्तर कार्यालय, प्रहरी र होटल व्यवसायीको संयुक्त टोलीले अनुगमन गर्दा चर्को शुल्क तर अस्वस्थकर खाना खुवाउने गरेको पाइएको हो।

चितवनको जुगेडी र रामनगर क्षेत्रमा सञ्चालनमा रहेका रात्रि खाना खुवाउने होटलमा अनुगमन गर्दा गुणस्तरीय खाना खुवाएको पाइएन, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, “गत वर्ष हामीले अनुगमन गरेका थियौँ, त्यस समयमा पनि यस्तै समस्या थियो। अहिले हेर्दा पनि उस्तै देखिएको छ। गत वर्ष जुगेडीको एउटा होटलमा अनुगमन गरेर चेतावनी दिएपछि अहिले सुधार भएको पायौँ, अन्यत्र अवस्था उस्तै छ।”

“जुगेडीका केही होटल र रामनगर क्षेत्रका केही होटलमा अनुगमन गर्दा रामनगर क्षेत्रमा समस्या धेरै भएको पाएका छौँ,” सहायक प्रमुख जिल्ला अधिकारीले शर्माले भन्नुभयो । जुगेडीको होटल नमस्ते नेपालमा म्याद गुज्रिएको पेय पदार्थ भेटिएको छ। सरसफाइ कायम नभएको र घरेलु तथा साना उद्योगमा दर्ता भएको प्रमाणपत्रको नवीकरणसमेत नभएको पाइएपछि प्रशासन कार्यालयमा उपस्थितिका लागि निर्देशन दिइएको छ।

जुगेडीकै श्रीनगर होटल एन्ड रेस्टुरेन्टमा खान अयोग्य मासु नष्ट गरिएको छ। यो होटलमा सादा खानाको मूल्य अत्यधिक लिएको पाइएको छ भने सरसफाइमा पहिलाको भन्दा केही सुधार देखिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो। “रामनगरको मिलीजुली होटलमा खाना खाएका यात्रुले बासी खाना खुवाएको गुनासो गरेका थिए। यात्रुलाई बासी खाना खुवाउने, सवारीचालक, सहचालकलाई ताजा खाना खुवाउने गरेको हामीले भेट्यौँ,” सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो,” “यस्तो व्यवहार गर्न पाइँदैन, सबैलाई एकै प्रकारको खाना खुवाउनुपर्छ, त्यसैले कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ।”

रामनगरका होटल सञ्चालकले आफ्नो होटलमा गाडी ल्याएर रोकेबापत गाडी चालकलाई हरेक पटक निःशुल्क मासु खाना र कम्तीमा एक हजार पाँच सय रुपियाँ दिने गरेको पाइएको छ। साङ्केतिक रूपमा केही होटलमा मात्र हामीले अनुगमन गरेको र अब जिल्लाका अन्य स्थानका होटलमा पनि अनुगमन गर्ने तयारीमा रहेको शर्माले जानकारी दिनुभयो।

अस्वस्थकर खाना खुवाउनेलाई कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो। राजमार्गका होटलमा चर्को शुल्क र अस्वस्थकर खाना खुवाएको पाएमा यात्रुले सहज रूपमा उजुरी गर्न पाउने व्यवस्था नहुँदा ठगिँदै आएको उपभोक्ता अधिकार मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसालले बताउनुभयो। भुसालले भन्नुभयो, “अब अनुगमन मात्र होइन, गुनासो सुन्ने अधिकारी र सम्बन्धित गुनासोमाथि कारबाही हुने व्यवस्थासमेत हुनुपर्छ। त्यसका लागि हामीले प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएका छौँ।”

चितवनको जुगेडी, रामनगर, मुग्लिन, कुरिनटार, पर्सा, भण्डारा, लोथरलगायतका स्थानमा यात्रुलाई खाना खुवाउने गरी होटल सञ्चालनमा छन्। ती होटलमा चर्को मूल्य लिने गरेको, अस्वस्थकर खाना खुवाउने गरेको, मूल्यसूची नराखेको, मूल्यसूचीअनुसार रकम नलिने गरेकोलगायतका गुनासो आउने गरेका छन्।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram