Listen Live: 

भरतपुर महानगरपालिका वडा नम्बर २४ मा तेस्रो भरतपुर गोल्डकप हुने

Radio Chitwan
शुक्रबार, फाल्गुन २६, २०७९

चितवन। भरतपुर महानगरपालिका वडा नम्बर २४ मा तेस्रो भरतपुर गोल्डकप हुने भएको छ । आगामी चैत १ देखि ११ गतेसम्म स्थानीय सिद्धार्थ माविको मैदानमा प्रतियोगिता हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भरतपुर –२४ युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विकास लामा तामाङले राष्ट्रियस्तरको खेल खेलाउने तयारीस्वरुप प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । देशकै केन्द्रभागमा रहेको वडा भरतपुर २४ भए पनि आदिवासी, जनजातिलगायतको समुदाय बस्ने पिछडिएको वडाकोरुपमा रहेको वडालाई पर्यटकीय दृष्टिकोणबाट अघि बढाउन समेत फुटबल प्रतियोगिताले सहयोग पु¥याउने तामाङको भनाइ छ ।युवाहरुलाई खेलकुद तथा सामाजिक काममा जोड्न यस प्रतियोगिताले मद्दत पुग्ने भन्दै अध्यक्ष तामाङले युवाहरुलाई संगठित बनाइ देश एवं युवाहरुको नैतिक, चारित्रिक, आर्थिक तथा शैक्षिक विकासमा अघि बढाउनु आफूहरुको मुख्य उद्देश्य भएको बताए ।

क्लबका सहसचिव मौसम अधिकारीले प्रतियोगितामा चितवनका ६ टिमसहित नवलपुर, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट १० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको विजेतालाई नगद रु दुई लाख ५१ हजार तथा उपविजेतालाई रु एक लाख ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अधिकारीको भनाइ छ । हरेक दुई÷दुई वर्षमा गोल्डकप आयोजना गर्दै आएको भन्दै अधिकारीले गोल्डकपमा सहभागी हुने फुटबल टिमको यातायात तथा खाना र बस्ने सबै व्यवस्था आयोजकले गर्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा भरतपुर खेलकुद विकास समितिका सदस्य एवं फुटबल समिति संयोजक दिपेन्द्र पण्डितले महानगरपालिकाको खेलकुदको विकासका लागि आफूहरुले सक्दो काम गरिरहेको बताए । खेलकुदका माध्यमबाट स्वस्थ नागरिक हुने भन्दै खेलकुदले नै खेलाडी र राष्ट्रको नाम विश्वसामु पु¥याउने भएकाले महानगरले खेलकुदमा लगानी गरेको बताए । उनले खेलकुद प्रतियोगिता सञ्चालन गर्दा राज्यबाट दिइने अनुदान तथा सहयोग रकमबाट कर कट्टी गर्न नहुनेसमेत बताए ।

सो पत्रकार सम्मेलनमा भरतपुर–२४ का वडाध्यक्ष राम गोदारले वडास्तरमा हुने खेलकुदका लागि सबै क्षेत्रबाट सहयोग हुन आवश्यक रहेको बताए । आफ्नो वडा विपन्न नागरिकले भरिएको क्षेत्र भएको भन्दै उनले यहाँको कृषिलाई पर्यटनसँग जोड्नका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यविधि नबन्दा स्थानीय तहबाट खेलकुदका लागि छुट्याइएको बजेटले प्रशिक्षक राखेर खेलाडीलाई प्रशिक्षण दिन नपाइएको गुनासो गरे । आगामी दिनमा कार्यविधि बनाएर कुशल खेलाडी उत्पादनका लागि काम गर्ने गोदारको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । चैत १ गते सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुने भन्दै अध्यक्ष तामाङले प्रतियोगिता अवधिभर सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए । पत्रकार सम्मेलनमा भूमि आयोग चितवनका अध्यक्ष बद्रि प्रसाद तिमिल्सीना, क्लबका सदस्यहरु अस्विन थापा, बुद्ध गोलेलगायतको उपस्थिति थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram