Listen Live: 

भरतपुर महानगरपालिकाले जनप्रतिनिधिहरुसग योजना एवं बजेट तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी

Radio Chitwan
शुक्रबार, फाल्गुन २६, २०७९

चितवन। भरतपुर महानगरपालिकाले जनप्रतिनिधिहरुसग योजना एवं बजेट तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी गरेको छ । महानगरपालिकाले शुक्रबार पच्चबर्षिय आबधिक योजना ९२०७९र०८० देखि २०८३र०८४० का सम्बन्धमा बृहत कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीमा राष्ट्रिय सभा सदस्य डा खिमलाल देबकोटाले योजना एवं बजेट तर्जुमा सम्बन्धमा जनप्रतिनिधिहरुलाइ अभिमुखीकरण गराउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका देबकोटाले स्थानीय शासन, सघियता, अन्तरतह समन्वय र योजना तर्जुमाका सम्बन्धमा प्रष्ट पार्नु भएको थियोे ।

उहाँले सहकारिता, सहअस्तित्व र समन्वयलाई पर्वद्धन गर्ने जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सूचनाको प्रत्याभूति गर्ने कार्य एवं सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्नको लागि स्थानीय तहको बजेट तर्जुमा व्यवस्थित एवं विनियोजन सक्षमता हुनु अनिवार्य एवं महत्त्वपूर्ण रहेको पनि उल्लेख गर्नु भयो ।

स्थानीय तहको सबलताको लागि स्थानीय तहले अवलम्बन गरेको दीर्घकालीन नीति, आर्थिक योजना, क्षेत्रगत विकास नीति, नीति तथा कार्यक्रमको साथसाथै मध्यमकालीन खर्च संरचना एवं वार्षिक बजेटको तर्जुमा एवं कार्यान्वयन महत्त्वपूर्ण रहन्छ सदस्य देबकोटाले भन्नू भयो। आवधिक योजना तथा वार्षिक बजेट बिचको तालमेल मिलाउनको लागि एवं योजनाको प्राथमिकीकरण र स्रोतको व्यवस्थापनको सुनिश्चितताको लागि यो कार्यक्रम निकै फलदायी रहनेमा बिश्वास समेत व्यक्त गर्नु भयो ।

यस्तै गोष्ठीमा इन्टेन्सिभ स्टडिज प्रा लि ले आबधिक योजनहरुको बारेमा प्रस्तुतीकरण गरेको थियोे । प्रा लि का योजना बिज्ञ डा केशव बस्यालले योजनाहरु तय गर्दा राष्ट्रिय योजना आयोगले बनाएको भन्दा फरक बनाउनु पर्नेमा जोड दिनु भयो ।

भरतपुर महानगरका उप प्रमुख एव कार्यक्रमको अध्यक्षता गर्नु भएका नगर उप प्रमुख चित्रसेन अधिकारीले यस्ता खालका योजना एवं बजेट तर्जुमा गोष्ठी महानगरपालिकाको सर्बाङगिण बिकासका लागि अति महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भयो । यो गोष्ठी नितान्त महानगरको सर्बाङगिण बिकासमा केन्द्रित छ उप प्रमुख अधिकारीले भन्नू भयो,अब महानगर आगामी पाँच सम्म अनबरत रुपमा बिकासको लहर ल्याउन मै केन्द्रित हुने छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियोे । कार्यक्रममा २९ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा तथा महाशाखा प्रमुखहरु, वडा सचिबहरु र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram