Listen Live: 

चितवनमा बिगत ६ महिनादेखि पानी नपरेकोले किसानहरु चिन्तित

Radio Chitwan
बिहिबार, फाल्गुन २५, २०७९

चितवन, फागुन २५

चितवनमा बिगत ६ महिनादेखि पानी नपरेकोले किसानहरु चिन्तित बनेका छन् ।

बिगतका वर्षहरुमा हिउँदमा बर्षा हुने गरेको भए पनि दसैँपछि पानी नपर्दा किसानहरु चिन्तित भएका हुन् ।

फागुन २४ गते बुधबार चितवनको आकाश धुम्म परेर पानीको छिटा हाने पनि पानी भने पर्न सकेन । पछिल्लो केही दिन यता देशका विभिन्न क्षेत्रमा पानी परे पनि चितवनमा भने पानी पर्न नसक्दा किसान चिन्तित भएका छन् ।

विगत ६ महिनादेखि पानी नपर्दा अहिले मकै लगाउन नपाएको भरतपुर महानगरपालिका–१६ का किसान सूर्यबहादुर ढकालले बताए । उनले पानी परेको भए सबै खेतको मकै गोड्ने समय हुन्थ्यो । तर, पानी नपरेकै कारण तोरी थन्काएपछि एक महिना देखि बारी बाजो रहेको बताए । उनले भने, ‘हिउँदमा पनि एक पटक पानी परेन अहिले पनि परेको छैन जसको कारण हिउँदमा लगाएको मकैमा पनि इनारको पानी पटक पटक लगाउनु परेको छ । यसरी पटक–पटक पानी लगाए पनि खेती बाली राम्रो भए त हुने थियो । तर, के गर्ने इनारको पानी लगाउँदा आकाशको पानीले जस्तो बारी भिज्दैन, मकैको फूलमा पानी पर्दैन, जसको कारण मकैबाली राम्रो हुँदैन । यस्तै लामो समयसम्म झरी नपर्दा इनारमा पनि पानी सुक्दै गएकोले मोटरले पनि पानी तान्न छोडेको उनको दुःखेसो छ । ढकालका अनुसार पानी नपर्दा जिल्लाका किसानले चैत लाग्ने समयसम्म मकै लगाएका छैनन् । जसको कारण अब धान लगाउन पनि ढिला हुन्छ । गाँउमा धेरैले गाई, भैँसी पलेका छन् र धेरैले बारीमा घाँस पनि छर्ने गर्छन् । तर, यस पटक भने पानी नपर्दा घाँस छर्न पनि नपाएको उनी बताउँछन् ।

पानी नपरेकै यस वर्ष तोरी खेती पनि राम्रो नभएको भरतपुर महानगरपालिका–२८ पश्चिम चितवनकी कृषक कृष्णकुमारी कुमालले जानकारी दिइन् । उनले आफ्नो क्षेत्रमा सिँचाइको पानी लगाएर मकै लगाए पनि पानी नपर्दा मकै सुक्ने गरेको तथा चमरा लाग्ने समयमा पानी नपर्दा मकै दाना नभएको फल्ने गरेको नारायणी अनलाइनलाई जानकारी दिइन् । उनी भन्छिन्, ‘पहिले पनि दुई पटक पानी लगाएर मकै लगाएका हौँ र अब पनि पानी नपर्ने हो भने फेरि पनि समय समयमा पनि लगाउनु पर्छ । तर, त्यो लगाएको पानी आकाशे पानी जस्तो हुँदैन ।’ पछिल्लो समय जलवायू परिवर्तनसँगै रुख कटान गर्दा बर्षै पिच्छे खडेरी बढेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत मिनबहादुर पुनले खेतीबालीको मुख्य पाटो भनेको सिँचाइ भएको जानकारी दिए । फल लाग्ने र फूल फुल्ने समयमा सिँचाइको मुख्य भूमिका भए पनि पछिल्लो समय जिल्लामा लामो समयदेखि पानी नपर्दा किसानले बाली लगाउन नपाएको पुनले बताए । उनी भन्छन्, ‘अझै केही समय पानी नपर्ने हो र किसानले समयमा मकै लगाउन नपाउने हो भने धान लगाउन पनि केही ढिला हुन्छ ।’ उनका अनुसार जिल्लाका किसानले २५ हजार ४४५ क्षेत्रफलमा वार्षिक मकै खेती गर्दे आएका छन् ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram