Listen Live: 

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु

Radio Chitwan
बिहिबार, फाल्गुन २५, २०७९

काठमाडौँ, फागुन २५(

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।

आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले०का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । साथै अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram