कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालोमोसो दस्ताका केन्द्रीय संयोजक शम्भु थापाको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र

चितवन, फागुन २५
‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापाको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र बुझाइएको छ ।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ माहाअभियान चितवनले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलाई माग सहितको ज्ञापनपत्र आज बिहीबार बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै माहाअभियान चितवनका अभियन्ता मेघराज पौडेलले २४ घण्टाभित्र थापालाई रिहा गर्न आग्रह गरे । उनले भने, ‘नेपालमा रहेका सम्पूर्ण बैँक, लघुबित्त, आज सर्वहारा वर्ग तथा मध्यम वर्गीय व्यापारीहरु चर्को व्याजदरको मारमा परी दैनिकजसो नेपाली नागरिकले डोरीको पासो लगाइ, बिष सेवन गरी आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाह गरेको हामीले देख्छौं । दैनिक करिब तीन हजार नेपाली नागरिकहरु विदेशिनु परेको छ । यही सामन्तीहरुको विरुद्ध सर्बहारा वर्ग र भूइँमान्छे र मध्यम वर्गका व्यापारीहरुलाई आत्महत्या गर्न बाट जोगाउन हिड्नु भएका महाअभियानका एक अभियन्तालाई प्रहरीले प्रक्राउ गरेको छ । तसर्थ राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका अभियन्तालाई २४ घण्टा भित्र बिना शर्त तत्काल रिहा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत् अनुरोध गर्दछु ।’ थापालाई रिहा नगरे आन्दोलनमा उत्रने चेतावनी समेत माहाअभियानले दिएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापनपत्र बुझ्दै गृह मन्त्रालयमा आझै पत्र पठाउने जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

