Listen Live: 

कालोमोसो दस्ताका केन्द्रीय संयोजक शम्भु थापाको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र

Radio Chitwan
बिहिबार, फाल्गुन २५, २०७९

चितवन, फागुन २५

‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापाको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र बुझाइएको छ ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ माहाअभियान चितवनले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलाई माग सहितको ज्ञापनपत्र आज बिहीबार बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै माहाअभियान चितवनका अभियन्ता मेघराज पौडेलले २४ घण्टाभित्र थापालाई रिहा गर्न आग्रह गरे । उनले भने, ‘नेपालमा रहेका सम्पूर्ण बैँक, लघुबित्त, आज सर्वहारा वर्ग तथा मध्यम वर्गीय व्यापारीहरु चर्को व्याजदरको मारमा परी दैनिकजसो नेपाली नागरिकले डोरीको पासो लगाइ, बिष सेवन गरी आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाह गरेको हामीले देख्छौं । दैनिक करिब तीन हजार नेपाली नागरिकहरु विदेशिनु परेको छ । यही सामन्तीहरुको विरुद्ध सर्बहारा वर्ग र भूइँमान्छे र मध्यम वर्गका व्यापारीहरुलाई आत्महत्या गर्न बाट जोगाउन हिड्नु भएका महाअभियानका एक अभियन्तालाई प्रहरीले प्रक्राउ गरेको छ । तसर्थ राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका अभियन्तालाई २४ घण्टा भित्र बिना शर्त तत्काल रिहा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत् अनुरोध गर्दछु ।’ थापालाई रिहा नगरे आन्दोलनमा उत्रने चेतावनी समेत माहाअभियानले दिएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापनपत्र बुझ्दै गृह मन्त्रालयमा आझै पत्र पठाउने जानकारी दिए ।

आन्य समाचारहरु:-
September 26, 2023
सर्वाेच्चको प्रश्न: ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउनुको कारण के हो ?

काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]

September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram