चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
मूर्तिमा प्राणप्रतिष्ठाका लागि भुटानबाट धर्मगुरू

भरतपुर । उग्र्यान न्होर्बु छ्योयलिङ गुम्बाले गुम्बा परिसरमा निर्मित धर्मधातु स्तुपा र म्हने दुङ्ग्युरमा ¥हब्ने ९प्राणप्रतिष्ठा० गरेको छ । महागुरू क्याब्जे जटल साङ्गे दोर्जे रिम्पोछेको अमर स्मृतिमा निर्मित छोर्तेन र दुङ्ग्युरमा महागुरू क्याब्जे कथोक सितु रिम्पोछेद्वारा बौद्ध धर्मअनुसार विधिवत्रुपमा पूजापाठसहित प्राणप्रतिष्ठा गरिएको हो ।
भरतपुर महानगरपालिकाको वडा नं–५ स्थित नारायणपुरमा रहेको गुम्बामा महागुरू साङ्गे दोर्जेको स्मृतिमा उनको परिवारका सदस्य एवम् बुद्धिस¤व फाउन्डेसनका अध्यक्ष गुरू साङ्गे रप्तेन, रप्तेनका बुबा कर्मा लामा र आमा पेञ्जोम लामामार्फत उक्त संरचना निर्माण भएको गुम्बाका अध्यक्ष आशमान तामाङले जानकारी दिए ।
सोही संरचनामा भगवान्को बास गराउन बुधबार विधिवत्रुपमा पूजापाठ गरी प्राणप्रतिष्ठा गरिएको उनले बताए । उक्त कार्यक्रममा हजारौँ बौद्धमार्गीहरुको सहभागिता रहेको थियो । स्तुपा र म्हनेजस्ता संरचनालाई भगवान्को रुपमा मान्ने बौद्धमार्गीहरुको धार्मिक परम्परा र मान्यता छ । सोही आधारमा बुधबार धार्मिक आस्थासँग जोडिएका र स्थानीयको बाक्लो उपस्थितिमा भव्य कार्यक्रम गरिएको अध्यक्ष तामाङले जानकारी दिए । भुटानबाट आएका महागुरू सितु रिम्पोछेलाई स्वागत गर्न बिहान नेवार समुदायको लाखे नाच र थारु समुदायको लाठी नाचसमेत प्रदर्शन गरिएको थियो ।
विसं २०६१ सालमा स्थापना भएको गुम्बामा दाताले करिब ८० लाख रूपैयाँभन्दा बढी खर्च गरेर छोर्तेन र म्हने निर्माण गरिदिएको गुम्बाका महासचिव चेतबहादुर तामाङले जानकारी दिए । ‘छोर्तेनमा करिब ५० लाख रूपैयाँभन्दा बढी खर्च भएको छ’, उनले भने, ‘म्हनेमा पनि ३० लाख रूपैयाँभन्दा बढी नै खर्च भएको छ ।’ निर्माण सम्पन्न भएपछि छोर्तेन र म्हनेलाई जीवित तुल्याउन आवश्यक विधि र प्रक्रियाका लागि बुधबार भुटानबाट आएका सात जना धर्मगुरूसहित ३५ जना धर्मगुरूहरुको समूह पूजापाठमा सहभागी भएको उनले बताए ।
त्यसबाहेक पनि गुम्बामा अभिषेक छेवाङ ग्रहण गरिएको थियो । गुम्बाले विगत केही वर्षदेखि लामा पाठशालासमेत सञ्चालन गर्दै आइरहेको छ । करिब डेढ कट्ठा क्षेत्रफलमा रहेको गुम्बाले गुम्बामा आवश्यक लामा तथा धर्मगुरूको उत्पादन गर्ने उद्देश्यले गुम्बा समितिकै आन्तरिक स्रोतबाट लामा पाठशाला सञ्चालन गर्दै आएको समितिका महासचिव तामाङले जानकारी दिए । गुम्बामा हरेक दिन तीन जना धर्मगुरूमार्फत नियमित पूजापाठसमेत सञ्चालन हुँदै आएको छ ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]