Listen Live: 

महिलाहरु संघर्षबाटै घर खर्च

Radio Chitwan
बिहिबार, फाल्गुन २५, २०७९

खैरहनी । खैरहनी नगरपालिका–१, नमुना बस्तीकी शोभा ढकाल तरकारीखेती गर्छिन् । तनहुँ जिल्लामा तरकारीखेती गरेकी ढकालले सोही पेसालाई निरन्तरता दिने निर्णयका साथ चितवन आइन् । सुरूको वर्ष तरकारीखेतीमा घाटा व्यहोरेको उनले सुनाइन् । उनले हाल १० कट्ठामा खेती गर्दै आएकी छिन् । घाटा व्यहोरे पनि उनी हतोत्साहित भइनन् । सोही पेसालाई अघि बढाउँदै लैजाने निधो गरिन् । पछिल्ला वर्षहरुमा घाटा नव्यहोरे पनि अधिक नाफा भने छैन ।

‘सुरूमा घाटा व्यहोर्दा निराशा जाग्थ्यो’, ढकालले भनिन्, ‘हिम्मत हारिएन, तरकारीखेतीलाई नै निरन्तरता दिएँ, अहिले निराश हुन परेको छैन ।’ ढकाल सुकुमबासी समुदायकी महिला हुन् । उनले खेती गर्ने जमिन भाडामा लिएकी छन् ।

तरकारीखेतीबाटै अहिले घरखर्च मात्र होइन, चाडबाडसमेत मनाउन सहयोग पुगेको उनले सुनाइन् । गरिब, विपन्न, सुकुमबासी समुदायको क्षेत्रमा काम गर्दै आएको लुमन्ती आवासका लागि सहयोग समूहले बुधबार आयोजना गरेको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न पेसामा संलग्न रहेका महिलाहरुको अनुभव आदानप्रदान कार्यक्रममा ढकालसहित अन्य महिलाहरुले संघर्षमय जीवनको कथा सुनाएका थिए ।

खैरहनी–१०, जीवनपुरकी ज्योति चौधरी पनि सुकुमबासी समुदायकै अगुवा महिला हुन् । उनको जीवन पनि संघर्षपूर्ण थियो । घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकाले उनले आम्दानीको बाटो सिलाइकटाइलाई लिइन् । सिलाइकटाइ सिकेपछि उनले अहिले सटर भाडामा लिएर टेलरिङ व्यवसाय गरिरहेकी छिन् । यो व्यवसायले घरखर्च टार्न सहज भएको चौधरीले बताइन् ।

खैरहनी–१, गोर्खाली टोलकी सानु नेपालीले पशुपालनलाई आम्दानीको स्रोत बनाएकी छिन् । व्यावसायिकरुपमा नभए पनि उनले घरखर्च टार्ने हिसाबले पशुपालन गर्दै आएकी हुन् । उनको गोठमा दुईवटा गाई र छवटा खसीबाख्रा छन् । यो नै उनको आम्दानीको स्रोत हो । त्यो आम्दानीबाट उनी सन्तुष्ट छिन् । पशुपालनबाट भएको आम्दानीले घरखर्च टार्ने मात्र होइन, बिरामी पर्दा उपचारमा समेत सघाउ पुग्ने गरेको नेपालीले बताइन् ।

‘सुकुमबासी समुदायको महिला भए पनि आत्मविश्वास र हिम्मतका साथ पशुपालन गरिरहेको छु’, नेपालीले भनिन्, ‘आफ्नो पेसाले छोराछोरी पढाएको छु, घरको खर्च टरेको छ, बिरामी पर्दा बाख्रा बेचेर भए पनि उपचारमा सहयोग पुग्ने गरेको छ ।’

लुमन्ती खैरहनीका कार्यक्षेत्र संयोजक सिंहबहादुर वाइबाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा कृष्णकुमारी बुढाथोकी, सरिता नेपालीले पनि आफ्नो पेसाबाट घरखर्च टार्न सहज भएको भन्दै संघर्षको कथा सुनाएका थिए ।

कार्यक्रममा खैरहनी नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कृष्णकुमारी गुरूङ, शाखा उपप्रमुख विमला रानाभाटले नगरपालिकाबाट पनि महिलालक्षित कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दै यसबाट लाभान्वित हुने गरी जागरूक बन्न आग्रह गरे ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram