Listen Live: 

चितवनका धेरै स्थानीय तह, नियमित सार्वजनिक गर्दैनन् निर्णय

Radio Chitwan
बिहिबार, फाल्गुन २५, २०७९

भरतपुर । चितवनका सात स्थानीय तहमध्ये छवटा पालिकाले कार्यपालिका बैठकको निर्णय नियमितरुपमा सार्वजनिक गरेका छैनन् । स्थानीय तहले आफूले बनाएका नीति–निर्णय आफ्नो वेबसाइटमार्फत नागरिकलाई जानकारी गराउनुपर्छ ।

नागरिकप्रतिको जवाफदेहिता र पारदर्शिताका लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको वेबसाइट बनाइदिएको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह भरतपुर महानगरपालिकाले पनि कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गरेको छैन । महानगरमा नयाँ जनप्रतिनिधि आएपछि बैठकका निर्णय सार्वजनिक गर्ने कुरालाई बेवास्ता गर्न थालेको देखिएको छ । महानगरले पछिल्लोपटक गएको असार २९ गते बसेको कार्यपालिका बैठकको निर्णय भने सार्वजनिक गरेको थियो ।

स्थानीय तहले गरेका निर्णयहरु आफ्नो वेबसाइटमार्फत अनिवार्यरुपमा सार्वजनिक गर्नुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना स्वीकार गर्छन् । ‘कार्यपालिका बैठकका निर्णय एक महिनाभित्र वेबसाइटमा राख्नैपर्छ । त्यो राखिदिन म कर्मचारीलाई भन्छु’, उनले भने ।

जिल्लाको सबैभन्दा सानो स्थानीय तह इच्छाकामना गाउँपालिकाले मात्रै कार्यपालिका निर्णय नियमितरुपमा सार्वजनिक गर्दै आएको छ । स्थानीय तहले हरेक महिना कार्यपालिका बैठक बसेर निर्णय सार्वजनिक गर्नुपर्छ । इच्छाकामनामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक महिना कार्यपालिका निर्णय सार्वजनिक हुँदै आएको छ ।

इच्छाकामनाले सूचना तथा निर्णय सार्वजनिक गर्ने कार्यमा उदाहरणीय कार्य गरेको छ । यद्यपि, इच्छाकामनाले गरेको यस कार्यबाट जिल्लाका अन्य स्थानीय तहले पाठ सिकेका छैनन् ।

माडी नगरपालिकाले २०७६ भदौ ८ गतेपछि अहिलेसम्म निर्णय सार्वजनिक गरेको छैन । निर्णय सार्वजनिक गर्ने विषयलाई अब बस्ने कार्यपालिका बैठकमा उठाउने माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं–२ का वडाध्यक्ष डण्डपाणि पौडेल बताउँछन् ।

कार्यपालिका निर्णय सार्वजनिक भएरनभएकोबारे अनभिज्ञ देखिएका पौडेलले भने, ‘यो महिनाको कार्यपालिका बैठक अब हुनेवाला छ । बैठकमा यो विषय उठाउँछु ।’ नगरपालिकाको कार्यपालिका बैठक भने नियमितरुपमा हुँदै आएको उनले बताए ।

पूर्वी चितवनका चार पालिकाले पनि बोर्ड बैठकका निर्णय नियमित सार्वजनिक गरेका छैनन् । रत्ननगर नगरपालिकाले गएको असोज ५ गतेपछि भएका निर्णय सार्वजनिक गरेको छैन । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरपालिकामा आइटी अफिसर भर्खर मात्रै नियुक्त भएकाले निर्णय सार्वजनिक गर्न ढिलाइ भएको हुन सक्ने बताए । ‘हामीले आइटी पछि नियुक्त ग¥यौँ । आइटी इन्जिनियरले त्यो राख्नुपर्ने भएकाले बीचमा छुटेको हुन सक्छ । त्यो राख्न कर्मचारीलाई भन्छु’, उनले भने ।

खैरहनी नगरपालिकाको फागुन ४ गतेको कार्यपालिका बैठकको निर्णय भनेर आफ्नो वेबसाइटमा उल्लेख गरेको भए पनि त्यहाँ कुनै फाइल भेटिँदैन । माघसम्मका निर्णय नियमित सार्वजनिक गरेको खैरहनीले फागुनको मात्रै नगरेको देखिन्छ । त्यस्तै, राप्ती नगरपालिकाले माघसम्मका निर्णय सार्वजनिक गरेको छ ।

कालिका नगरपालिकाले माघ ७ गतेसम्मको निर्णय सार्वजनिक गरे पनि निर्णय तथा सूचना सार्वजनिक कार्यलाई व्यवस्थित बनाउन सकेको छैन । नगरका सबै सूचना र कार्यपालिका बैठकका निर्णयलाई एकै ठाउँमा हालेर गन्जागोल पारेको छ । स्थानीय तहका सूचना तथा निर्णयलाई जनतासम्म पु¥याउन स्थानीय तहले प्रवक्ता तोक्न पाउने पनि व्यवस्था छ । तर, कतिपय स्थानीय तहले प्रवक्ता तोकेका छैनन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram