Listen Live: 

चितवनका धेरै स्थानीय तह, नियमित सार्वजनिक गर्दैनन् निर्णय

Radio Chitwan
बिहिबार, फाल्गुन २५, २०७९

भरतपुर । चितवनका सात स्थानीय तहमध्ये छवटा पालिकाले कार्यपालिका बैठकको निर्णय नियमितरुपमा सार्वजनिक गरेका छैनन् । स्थानीय तहले आफूले बनाएका नीति–निर्णय आफ्नो वेबसाइटमार्फत नागरिकलाई जानकारी गराउनुपर्छ ।

नागरिकप्रतिको जवाफदेहिता र पारदर्शिताका लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको वेबसाइट बनाइदिएको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह भरतपुर महानगरपालिकाले पनि कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गरेको छैन । महानगरमा नयाँ जनप्रतिनिधि आएपछि बैठकका निर्णय सार्वजनिक गर्ने कुरालाई बेवास्ता गर्न थालेको देखिएको छ । महानगरले पछिल्लोपटक गएको असार २९ गते बसेको कार्यपालिका बैठकको निर्णय भने सार्वजनिक गरेको थियो ।

स्थानीय तहले गरेका निर्णयहरु आफ्नो वेबसाइटमार्फत अनिवार्यरुपमा सार्वजनिक गर्नुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना स्वीकार गर्छन् । ‘कार्यपालिका बैठकका निर्णय एक महिनाभित्र वेबसाइटमा राख्नैपर्छ । त्यो राखिदिन म कर्मचारीलाई भन्छु’, उनले भने ।

जिल्लाको सबैभन्दा सानो स्थानीय तह इच्छाकामना गाउँपालिकाले मात्रै कार्यपालिका निर्णय नियमितरुपमा सार्वजनिक गर्दै आएको छ । स्थानीय तहले हरेक महिना कार्यपालिका बैठक बसेर निर्णय सार्वजनिक गर्नुपर्छ । इच्छाकामनामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक महिना कार्यपालिका निर्णय सार्वजनिक हुँदै आएको छ ।

इच्छाकामनाले सूचना तथा निर्णय सार्वजनिक गर्ने कार्यमा उदाहरणीय कार्य गरेको छ । यद्यपि, इच्छाकामनाले गरेको यस कार्यबाट जिल्लाका अन्य स्थानीय तहले पाठ सिकेका छैनन् ।

माडी नगरपालिकाले २०७६ भदौ ८ गतेपछि अहिलेसम्म निर्णय सार्वजनिक गरेको छैन । निर्णय सार्वजनिक गर्ने विषयलाई अब बस्ने कार्यपालिका बैठकमा उठाउने माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं–२ का वडाध्यक्ष डण्डपाणि पौडेल बताउँछन् ।

कार्यपालिका निर्णय सार्वजनिक भएरनभएकोबारे अनभिज्ञ देखिएका पौडेलले भने, ‘यो महिनाको कार्यपालिका बैठक अब हुनेवाला छ । बैठकमा यो विषय उठाउँछु ।’ नगरपालिकाको कार्यपालिका बैठक भने नियमितरुपमा हुँदै आएको उनले बताए ।

पूर्वी चितवनका चार पालिकाले पनि बोर्ड बैठकका निर्णय नियमित सार्वजनिक गरेका छैनन् । रत्ननगर नगरपालिकाले गएको असोज ५ गतेपछि भएका निर्णय सार्वजनिक गरेको छैन । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरपालिकामा आइटी अफिसर भर्खर मात्रै नियुक्त भएकाले निर्णय सार्वजनिक गर्न ढिलाइ भएको हुन सक्ने बताए । ‘हामीले आइटी पछि नियुक्त ग¥यौँ । आइटी इन्जिनियरले त्यो राख्नुपर्ने भएकाले बीचमा छुटेको हुन सक्छ । त्यो राख्न कर्मचारीलाई भन्छु’, उनले भने ।

खैरहनी नगरपालिकाको फागुन ४ गतेको कार्यपालिका बैठकको निर्णय भनेर आफ्नो वेबसाइटमा उल्लेख गरेको भए पनि त्यहाँ कुनै फाइल भेटिँदैन । माघसम्मका निर्णय नियमित सार्वजनिक गरेको खैरहनीले फागुनको मात्रै नगरेको देखिन्छ । त्यस्तै, राप्ती नगरपालिकाले माघसम्मका निर्णय सार्वजनिक गरेको छ ।

कालिका नगरपालिकाले माघ ७ गतेसम्मको निर्णय सार्वजनिक गरे पनि निर्णय तथा सूचना सार्वजनिक कार्यलाई व्यवस्थित बनाउन सकेको छैन । नगरका सबै सूचना र कार्यपालिका बैठकका निर्णयलाई एकै ठाउँमा हालेर गन्जागोल पारेको छ । स्थानीय तहका सूचना तथा निर्णयलाई जनतासम्म पु¥याउन स्थानीय तहले प्रवक्ता तोक्न पाउने पनि व्यवस्था छ । तर, कतिपय स्थानीय तहले प्रवक्ता तोकेका छैनन् ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram