Listen Live: 

राष्ट्रिय स्वतन्त्र पार्टीले थाल्यो चुनावी प्रचार प्रसार

Radio Chitwan
बिहिबार, फाल्गुन २५, २०७९

चितवन, फागुन २५–

सर्वोच्च अदालतले नागरिकता सम्बन्धि फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार थालेको छ । चितवन–२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । क्षेत्र नं २ मा पर्ने भरतपुर महानगरपालिका–१ रामनगरमा रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको हो ।

उपनिर्वाचनमा चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने पुनः निर्वाचन लड्दै छन् । नागरिकता सम्बन्धि मुद्धामा सर्वोच्चले उनको सांसद पद नै खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो । उनको राहदानी सम्बन्धि मुद्धामा पनि अनुसन्धान जारी छ ।

चितवन २ बाट पुनः आफै चुनाव लड्ने रविले यसअघि नै घोषणा गरिसकेका छन् । चुनावी प्रचारको लागि तयारी थालिएको लामिछानेका सहयोगी प्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति निर्वाचनपछि रवि चितवन आउँदै छन् ।

आन्य समाचारहरु:-
September 30, 2024
कालिका मा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]

September 29, 2024
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]

September 28, 2024
पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]

September 28, 2024
चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram