Listen Live: 

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चितवन उद्योग संघ महिला उद्यमी मञ्चद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम

Radio Chitwan
बुधबार, फाल्गुन २४, २०७९

चितवन। ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चितवन उद्योग संघ महिला उद्यमी मञ्चद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मन्च पूर्व अध्यक्ष तारादेवी काफ्ले प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि काफ्ले कार्यक्रमका विशिष्ट अतिथि एवम् चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेललाई ब्लड व्याग प्रदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । विशिष्ट अतिथि कँडेलले यो सहित ७१ पटक रक्तदान गरिसक्नु भएको छ ।

रक्तदान कार्यक्रममा विशिष्ट अतिथि बरिष्ठ समाजसेवी डा।शारदा कुँबर, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी बल नेपाल नं। १७ चितवनका डिल्लीराम सुवेदी, चितवन उद्योग संघका पूर्व अध्यक्ष ताराप्रसाद पौडेल, चितवन उद्योग संघ महिला उद्यमी मन्च पूर्व अध्यक्ष सुधा सुवेदी पौडेल, संघका उपाध्यक्षहरु गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, रत्ननगर समिति अध्यक्ष गोविन्द प्रसाद खनाल, युवा उद्यमी मन्च अध्यक्ष सुरेन्द्र कार्की, महिला उद्यमी मञ्चकी कोषाध्यक्ष सरिता खनाल पौडेल, कार्यसमिति सदस्यहरु अम्बिका धिताल, राधा शर्मा, गीता ढकाल, जुनु पौडेल अधिकारी, कविता श्रेष्ठ, संघका कार्यसमिति सदस्यहरु गोपाल प्रसाद गैह्रे, चन्दना कोइराला लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघ महिला उद्यमी मन्चकी सचिव दक्षिणा गैह्रेले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा रक्तदान कार्यक्रमको लागि सहयोग गर्नुहुने दाताहरुलाई धन्यवाद ज्ञापन गरियो । चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष सृजना सोतीले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँवरले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram