कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
दुग्ध विकास संस्थानले तीन दिनभित्र दूधको उपभोक्ता मूल्य तोक्ने

दुग्ध विकास संस्थानले तीन दिनभित्र दूधको उपभोक्ता मूल्य तोक्ने भएको छ । दूधको मूल्य बढे पनि हालसम्म उपभोक्ता मूल्य तोकिएको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा नौ रूपैयाँ बढाएको हो ।
संस्थानका महाप्रबन्धक सञ्जीव झाले दूधको उपभोक्ता मूल्य तीन दिनभित्र ल्याउने बताए । उनले भने, ‘कृषि मन्त्रालयबाट मंगलबार दूधको वृद्धि मूल्यको जानकारीसहितको पत्र आएको छ, अब अध्ययन गरेर दूधको उपभोक्ता मूल्य तोक्छौँ ।’ नौ रूपैयाँ दूधको मूल्य बढ्दा उपभोक्ता मूल्य कति बढाउने भन्ने विषयमा दुग्ध विकास संस्थानले अध्ययन थालेको उनले बताए ।
प्रमुख झाले भने, ‘दूधको मूल्य बढेपछि दुग्ध परिकारको मूल्य (घिउ, पनिर, दहीलगायत) पनि बढ्छ, यी सबैको मूल्य अध्ययन गरेर तीन दिनभित्र सार्वजनिक गर्नेछौँ ।’ दूधको मूल्य वृद्धिलाई कार्यान्वयनमा ल्याउने र उपभोक्ता मूल्य तोक्ने आधिकारिक सरकारी निकाय दुग्ध विकास संस्थान हो । संस्थानका महाप्रबन्धक सञ्जीव झाका अनुसार दूधको मूल्य वृद्धिको आधिकारिक पत्र कृषि मन्त्रालयले पठाएपछि संस्थानले मूल्य तोक्न गृहकार्य थालेको छ ।
उपभोक्ता मूल्य नतोकिँदा बजारमा यतिबेला दूधको मूल्यमा एकरुपता छैन । चितवनको बजारमा यतिबेला एक लिटर दूधलाई उपभोक्ताले ८० देखि ९० रुपैयाँसम्ममा खरिद गरेका छन् । उपभोक्ता मूल्य तोक्न ढिला हुँदा बजारमा दूधको मूल्य अनियन्त्रित बनिरहेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]