Listen Live: 

चितवनको पर्यटकीय नगरी सौराहामा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना

Radio Chitwan
बुधबार, फाल्गुन २४, २०७९

चितवनको पर्यटकीय नगरी सौराहामा बुधबार लैङ्गिक समानताका लागि विज्ञान र प्रविधिको प्रयोग विषयक मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

११३औं अन्तराष्ट्रिय नारी दिबसको अबसरमा सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाले कार्यक्रम आयोजना गरेको हो । २२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा एकता शिशु निकेतन रत्ननगरकी कविता पौडेल प्रथम, डेजी आवासीय मावि खैरहनीका उज्वलबाबु कट्टेल द्धितीय, स्काइराइडर आवासीय मावि रत्ननगरकी स्विकृति आचार्य तृतीय र पञ्चकन्या विद्या मन्दिरका दिब्या शर्मा तथा बैरिया माविकी कृति अधिकारीले सान्त्वना स्थान हासिल गरेको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रल्हाद सापकोटाले लैङ्गिक समानताको लागि रत्ननगर जहिले पनि सकारात्मक रहेको बताए । नारीलाई अबसर दिने देखि उनीहरुलाई सक्षम बनाउन जीविकोपार्जन सम्मका काम गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने उनको भनाई छ ।

रत्ननगरका संस्थापक मेयर नारायण वनले राज्यले प्रदान गरेको आरक्षलाई महिलाहरुले भरपुर उपयोग गर्न नसकेको बताए । महिला र पुरुष समान भनिएको छ उनले भने तर महिलाहरुले नै त्यसको उपयोग गर्न सकेका छैनन् । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले विद्यार्थीहरुमा अन्तरनिहीत क्षमता उजार गर्ने प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको बताए । नारी दिबसको सार्थकता झल्काउदै विद्यार्थीहरुमा त्यसको दायित्वबोध गराउन कार्यक्रम सहयोगी हुने उनको भनाई छ ।

इम्प्याक्टले आर्थिक अबस्था कमजोर भएका महिलाहरुको जीवन स्तर उकास्ने देखि सीमान्तकृत चेपाङ समुदायको विकासका लागि काम गरिरहेको बताए । महिलाहरुलाई सीप विकास तथा विपन्नलाई आवास निर्माण गर्ने इम्प्याक्टको मुख्य उद्देश्य रहेको उनको भनाई छ । सौराहाको पर्यटनमा काम गर्न चाहने महिलाहरुको लागि ड्राइभिङ तथा नेचर गाइड तालिम र चेपाङ तथा मुसहर समुदायका महिलाहरुको जीवन स्तर उकास्न व्यवसायिक खेती सुरु गरिएको अध्यक्ष गिरीले बताए ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram