Listen Live: 

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको एमाले निकट अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा महेश सापकोटा चयन

Radio Chitwan
बुधबार, फाल्गुन २४, २०७९

चितवन, फागुन २४(

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको एमाले निकट अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा महेश सापकोटा चयन भएका छन् ।
अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीको बैठकले आज सापकोटालाई सभापतिमा चयन गरेको हो । क्याम्पस कमिटीका अध्यक्षसमेत रहेको सापकोटा अहिले क्याम्पसमा ग्रामीण विकासमा एमए अध्ययनरत छन् ।

माडी नगरपालिका–७ देवेन्द्रपुरमा विसं २०५४ सालमा जन्मिएका सापकोटाले एसएलसी होलीभिजन स्कुल, उच्च मावि वाल्मीकिबाट अध्ययन गरेका थिए । उनले सप्तगण्डकी बहुमुखी क्याम्पसबाट वातावरण विज्ञानमा बीएस्सी गरेका हुन् । चितवनका अग्रज पत्रकार नारायण सापकोटाको छोरासमेत रहेका सापकोटा अनेरास्वयिुको सभापतिको उम्मेदवारमा चयन भएसँगै विद्यार्थीको हकहितको लागि आफू अग्रमोर्चामा खटिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ विद्यार्थीहरुको हकहितलाई व्यवस्थित गर्न क्याम्पसमा सहजीकरण गर्नेछु । सप्तगण्डकीको राष्ट्रिय गरिमा र प्रतिष्ठा कायमै राख्न अझ जिम्मेवार बन्दै अगाडि बढ्ने प्रण गर्छु ।’

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram