कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रस्तावित बि एम फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवन शाखाबिच लेखनवृत्तिका विषयमा सम्झौता

भरतपुर । प्रस्तावित बि एम फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवन शाखाबिच लेखनवृत्तिका विषयमा सम्झौता भएको छ । एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुर–१०, चितवनका तत्कालीन प्रबन्ध निर्देशक स्व।डा।विष्णुमाया खरेल लामिछाने ९बि।एम।०को तेस्रो स्मृति दिवसको अवसरमा फागुन २४ गते सम्झौता भएको हो ।
प्रस्तावित फाउण्डेसनका तर्फबाट एलाइभ हस्पिटलका कार्यकारी अध्यक्ष डा। प्रमोद लामिछानेले बिउ पुँजीको रूपमा एकमुष्ठ ५ लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ । बिउ पुँजी क्रमशः वृद्धि गरी २० लाख रुपैयाँसम्म पुर्याउने लक्ष्य राखिएको डा।लामिछानेले बताए ।
कुशल दन्त चिकित्सक तथा अस्पताल व्यवस्थापक डा।लामिछानेको क्यान्सर रोगका कारण २०७६ फागुन २४ गते ३७ वर्षको युवा उमेरमै निधन भएको थियो । क्यान्सर रोगविरुद्ध पत्रकारितामार्फत समाजमा सचेतना फैलाउने उद्देश्यले सकेसम्म धेरै पत्रकारलाई लेखनवृत्तिमा सहभागी गराइने लक्ष्य लिइएको पत्रकार महासंघका चितवन अध्यक्ष नारायणप्रसाद अधिकारीले बताए ।
बिउ पुँजीलाई फाउण्डेसन र नेपाल पत्रकार महासंघले संयुक्तरूपमा सञ्चालन गर्ने अक्षय कोषमा राखिने छ । लेखनवृत्तिका लागि नेपाल पत्रकार महासंघले कार्यविधि निर्माण गर्ने उनले बताए । फाउन्डेसनका तर्फबाट बोल्दै डा। प्रमोद लामिछानेका वुवा कृष्णप्रसाद लामिछानेले आफ्नो परिवारको सदस्यको नाममा समाजमा केही गर्न पाउँदा आभारी भएको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]