रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
भरतपुरमा मुस्लिम महिलाहरुको सशक्तिकरण अवसर र चुनौती विषयमा अन्तरक्रिया

चितवन, फागुन २३(
भरतपुरमा मुस्लिम महिलाहरुको सशक्तिकरण अवसर र चुनौती विषयमा अन्तरक्रिया भएको छ ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भरतपुर महानगरपालिकाले सो अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
सो क्रममा मुस्लिम महिला रोजिता खातुनले अझै पनि ७५ प्रतिशत मुस्लिम पुरुषहरुले महिलालाई नियन्त्रणमा राख्ने गरेको बताइन् । भरतपुर–३ की खातुनले भनिन्, ‘२५ प्रतिशत अहिले सुध्रिएका छन् । ७५ प्रतिशत पुरुष अझै सुध्रिन बाँकी छ । उनीहरु महिला घरबाट निस्कन हुन्न भन्छन् । महिलामाथि हिंसा गर्छन् ।’
६१ वर्षीय रोजिताले रजस्वला भएपछि मुस्लिम महिलाहरु घरबाट निस्कन नपाउने सुनाइन् । उनले भनिन्, ‘रजस्वला भएपछि घरबाट बाहिर निस्कनु पाप हुने सोच हाम्रो आमाबुबामा थियो । कोहीसँग नराम्रो काम गर्छन्की । कोही कसैले नराम्रो सोच्ने पो होकी भनेर घर भित्रै हामीलाई राखिन्थ्यो ।’
अहिले भने मुस्लिम महिलाहरुले धेरै स्वतन्त्रता पाएको खातुनले बताइन् । ‘पहिला र अहिलेमा जमिन आकाशको फरक छ । त्यो समय एक रुपैयाँ देख्न पाइन्थेन । पढ्न पाइन्थेन । घरदैलोमा कसैले कोही बेच्न ल्याए कसैले देख्छ कि भनेर चारैतिर हेरेर किन्नुपर्ने अवस्था थियो । अहिले यस्तो छैन । यस्तो अवस्था त्यो बेला भइदिएको भए जस्तो लाग्छ । मलाई पढ्ने र काम गर्ने ठूलो धोको थियो । मैले पढ्ने अवसर पाउने थिएँ । काम गर्न पाउने थिएँ’, उनले बिगत सम्झिइन् ।
समी राई मियाले अझै पनि मुस्लिम समुदायका महिलाहरुले संघर्ष गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘मुस्लिम महिलाको अवस्थामा धेरै परिवर्तन भइसकेको छ । तर, पनि अझै हामी अगाडि बढ्न आवश्यक छ । हामीमा अगाडि बढ्ने हिम्मत, साहस, आजको आवश्यकता छ ।’
साथै कार्यक्रममा उपस्थित मुस्लिम महिलाहरुले बुर्कालाई सबैले राम्रो दृष्टिले हेर्नुपर्ने धारणा राखे । उनीहरुले भने, ‘गुरुङ, मगर, थारु, कुमाल, दराई समुदायको आफ्नो पोशाक छ त्यस्तै बुर्का हाम्रो मौलिक पोशाक हो । यसलाई महिला विरोधीको रुपमा हुँदैन ।’
स्वास्थ्य तथा सामाजिक विकास माहाशाखा भरतपुर महानगरपालिकाकी प्रमुख शान्ताकुमारी पौडेलले महिला सशक्तिकरण के हो भन्ने विषयमा प्रष्ट पारेकी थिइन् । उनले भनिन्, ‘सशक्तिकरण भनेको आफ्नो खुट्टामा आफै उभिनु हो सबै भन्दा सजिलो तरीकाले बुझाउँदा । आफूसँग भएको अन्तरनिहित क्षमतालाई बाहिर ल्याएर अरुलाई प्रोत्सान गर्नु हो ।’ पौडेलले महिलाको गतिशिलतामाथि लगाम लगाउन खोज्ने प्रति सशक्त भएर लाग्न समेत आग्रह गरिन् । कार्यक्रम भरतपुर महानगरपालिकाकी सदस्य नर्बदा सापकोटाको अध्यक्षतामा भएको थियो । उनले महिलाको अधिकार र स्वतन्त्रतालाई अंकुश लगाउने धर्मग्रन्थमा भएका कुरालाई परिवतर्न गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हिन्दू धर्ममा भएको कुसंस्कार सती प्रथा हामीले हटायौं । यस्ता कुनै कुसंस्कार कही कतै छ भने त्यसलाई हटाएर अघि बढ्नु पर्छ ।’ भरतपुर महानगरपालिकामा दुई हजार ८०० मुस्लिम समुदायको बसोबास रहेको छ ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]