कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरको पाखुरी चोकले भेट्रान कप भलिबलको उपाधि जिते

चितवन, फागुन २३(
भरतपुरको पाखुरी चोकले भेट्रान कप भलिबलको उपाधि जितेको छ ।
होलीको अवसरमा भरतपुर–१३ को हिमाल युवा क्लबले गरेको टोलस्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधि पाखुरीचोक टोल विकास संस्था ९क०ले जितेको हो ।
क्लबको कार्यक्षेत्र रहेको भरतपुर–१३ का टोल विकास संस्थाहरुबाट सहभागी ११ टिमलाई पछि पार्दै पाखुरीचोकले उपाधि जितेको छ । हिमालय दण्डपाणि न्यौपाने माध्यामिक विद्यालय चम्पानगरको खेल मैदानमा भएको फाइनल खेलमा पाखुरीचोकले धनुुकिरण टोल विकास संस्थालाई २६–२४ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो ।
विजयी टिमलाई नगद २० हजारसहित शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लबका उपाध्यक्ष रवि सुवेदीले जानकारी दिए ।
यस्तै प्रतियोगिताको उप विजेता धनुकिरण टोल विकास संस्थाले १० हजार र तृतीय बाटुली पोखरी टोल विकास संस्थाले पाँच हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो हँुदै प्रतियोगिताको प्रोत्सान पुरस्कार स्वरुप पाखुरीचोक टोल विकास संस्था ९ख० ले नगद ३ हजार पुरस्कार प्राप्त गरेको छ । भलिबल खेलको प्रवद्र्धन गर्दै नेपाली सांस्कृति होलीको मौलिक संस्कृतिहरूको संरक्षण र संम्वद्र्धन गर्न ३५ वर्ष माथिको भेट्रान भलिबल आयोजना गरिएको क्लबका अध्यक्ष सन्जिव न्यौपानेले बताए ।
चौथो राईनोकुञ्ज भेट्रान भलिबल प्रतियोगिता –२०७९ नाम सहित सोमबार पहाडी होलीको दिनबाट सुरु भएको प्रतियोगिता मंगलबार तराई होलीको दिनमा सम्पन्न भएको हो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]