Listen Live: 

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका एक युवकको पेटमा सिसाको बोतल भेटियो

Radio Chitwan
बुधबार, फाल्गुन २४, २०७९

चितवन, फागुन २३(

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । पेट फुलेको अवस्थामा सोमबार बिहान अस्पताल आइपुगेका ती युवाको पेटमा बोत्तल भेटिएको हो । ती युवक रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरी रहेका छन् । अस्पतालका चिकित्सकले शल्यक्रिया गरी मन्सुरीको पेटबाट बोत्तल निकालिदिएका छन् ।

युवाको उपचारमा संलग्न पुरानो मेडिकल कलेजका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा नारायणप्रसाद बेलवासेले एक्सरे पश्चात अपरेशन कोठामा लगेर पेट चिरेर हेर्दा ठूलो आन्द्रा फुटेर बोत्तल बाहिर निस्केको अवस्थामा भेटिएको बताए । उनले भने, ‘बोत्तल निकालेर पेटलाई सफा गरियो । फुटेको भागलाई सिलाइ दिएका छौं । मलद्वारबाट बोत्तल छिराइएको थियो ।’ अहिले बिरामीको होस आइसकेको छ । उहाँ कुराकानी गर्न सक्ने अवस्थामा हुनुहुन्छ । बिरामीले साथीहरुसँग गएको अवस्थामा बेहोस भएपछि अन्य कुरा थाहा नभएको बताएको डा बेलवासेले जानकारी दिए । उनले पहिले विरामीको अवस्था जटिल भए पनि शल्यक्रिया पश्चात सामान्य अवस्थामा आइसकेको जानकारी दिए ।

डा बेलवासेले यसप्रकारको अवस्था देख्दा कसरी यो भित्र गयो भन्नेमा आश्चर्यचकित भएको बताए । उनले भने, ‘जानीजानी यस्तो गर्नु सोच्दै नसोचेको अवस्थाको गम्भीर अपराध हो । यस्तो केस पहिलो हो ।’

मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए तर त्यसले ठीक भएन । मुन्सरीको पेट निकै दुख्न थालेपछि उनलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो । अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे र उनीहरुले थप उपचारका लागि भरतपुर रिफर गरे ।

पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उनको पेटमा सिसाको बोतल नै देखिएपछि डा।बेलवासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो । करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा।बेलबासेले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram