कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनबाट दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’ दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ

चितवन । चितवनबाट दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् ।
उनलाई हिजो ९मंगलबार० जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको हो । थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलले जानकारी दिए ।
कालोमोसोका संयोजक थापालाई तत्काल रिहा गर्न अभियानले आग्रह गरेको छ । रिहाई नगरिए संघर्षका कार्यक्रम गरिने अभियान्ता पौडेलले बताए । त्यसका लागि अभियानको सचिवालयमा छलफल भइरहेको उनको भनाई छ ।
कालोमोसो दस्ताका संयोजक थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘हिजो बेलुका सोधपुछ गरौँ, के कसो हो भनेर बुझ्नको लागि उहाँलाई ल्याएको हो । मुद्धा चल्ने जस्तो भएमा आधिकारीक रुपमा सार्वजनिक गरिहाल्छौँ’ उनले भने ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

