कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कोरियामा सीप सिकेर चितवनमा उद्यम,एक करोडको लगानी

चितवन,फागुन २३(
वैदेशिक रोजगारका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन् । वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन् । वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किनुभएका इभान गिरीले अहिले फ्रोजन मःमःको व्यवसाय सुरु गर्नुभएको छ । उहाँले यसरी बनाएको मःमः रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा बिक्री गर्दै आउनुभएको छ ।
उहाँ यतिबेला नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा आफ्नो उत्पादनको बजारीकरणमा खटिनुभएको छ । चितवनको भरतपुर–५ तोरीखेतका गिरी कोरियामा छँदा मासिक रू तीन लाख आम्दानी गर्नुहुन्थ्यो ।
गिरीले आफू उद्यमी मात्रै बन्नुभएन कम्पनीमा आठ जनालाई रोजगार पनि दिनुभएको छ । भरतपुर–५ शान्तिचोकमा ‘उरी मःमः’ कम्पनी सञ्चालन गर्नुभएको छ । कोरियन भाषाको ‘उरी’को अर्थ हाम्रो भएको उहाँले बताउनुभयो ।
“हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गरिरहेका छौँ”, गिरीले भन्नुभयो, “रू बीस लाख लगानी गरी सुरु गरेको कम्पनीमा अहिले लगानी रू एक करोड पुगेको छ ।”
कोरियामा छँदा खाद्य उद्योगमा काम गर्नुभएका उहाँले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि फर्कनुभएको थियो । सन् २०१८ मा नेपाल फर्किएपछि उहाँले कम्पनी सञ्चालनको प्रक्रिया सुरु गर्नुभएको थियो । सुरुमा गिरी दम्पतीले मात्रै कम्पनी सञ्चालन गर्नुभएको थियो भने पछि लगानी बढ्दै जाँदा कर्मचारी पनि थपिएको उहाँको भनाइ छ ।
कोरियन प्रविधि प्रयोग गरी उत्पादन गरिएको मःम फ्रोजन गरी होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताउनुभयो । “मेसिनबाट उत्पादन हुने मःम फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । छिट्टै फ्रोजन भएको मःम राम्रो हुन्छ”, गिरीले भन्नुभयो ।
“फ्रोजन मःमबारे आम उपभोक्तामा गलत धारणा भएका कारण कतिपय होटल, रेष्टुराँ तथा क्यान्टिनहरुले हाम्रो उत्पादन लुकाएर बिक्री गर्ने गर्नुभएको छ”, गिरीले भन्नुभयो, “हाम्रो मःम ग्राहकवर्गले मन पराउनुभएको छ, तर रेष्टुराँहरुले फ्रोजन मःम हो भनेर बिक्री गर्नसक्नुभएको छैन ।”
उहाँले कम्पनीसँग दैनिक पाँच हजार प्लेट मःम उत्पादनको क्षमता भए हाल दैनिक दुई हजार प्लेट मःम उत्पादन भइरहेको बताउनुभयो । “मःमको बजारका लागि समस्या छैन, चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र पाल्पाको रामपुर पु¥याउँदै आएका छौँ”, उहाँले भन्नुभयो
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

