Listen Live: 

जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका साना निर्माण व्यवसायीहरू पलायन हुने खतरा बढ्दै

Radio Chitwan
मङ्लबार, फाल्गुन २३, २०७९

चितवन,फागुन २३(

जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका साना निर्माण व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ । विगत दुई वर्षदेखि कच्चा पदार्थका लागि खोलानाला नखोलिनु र बैंकको ब्याज दोब्बर हुनुले साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् ।

निर्माण व्यवसायी सङ्घ चितवनका महासचिव पुष्कर अधिकारीका अनुसार सङ्घमा आबद्ध चार सय निर्माण व्यवसायीमध्ये तीन सय ९० साना व्यवसायी छन् । जिल्लामा सङ्घमा आबद्ध नभएकासहित गरेर यो सङ्ख्या एक हजारभन्दा बढी छ । उहाँले नियमित काम गर्ने साना व्यवसायी यही अवस्था रहेमा झण्डै ७५ प्रतिशत पलयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको पुरानो खरिद ऐनमा टेकेर ठेक्का सम्झौता गर्नुपर्ने, इन्धनको खर्च बढ्नु, बैंकहरूले ब्याज बढाउनुका कारण व्यवसायी सडकमा आउने अवस्थामा पुगेका छन् ।”

अहिले एक सय हाराहारी निर्माण व्यवसायी काम गर्न नसक्ने स्थितिमा पुगेको बताउँदै उहाँले साना निर्माण व्यवसायीको विषयमा राज्यले सोच्नुपर्ने समय आएको बताउनुभयो । जिल्लामा रु आठदेखि १० अर्बको ठेक्का सम्झौताअनुसार विकास निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार समयमा काम हुन नसक्दा व्यवसायीहरू कारबाहीमा समेत पर्ने गरेका छन् । राज्यले नदीजन्य वस्तुको ठेक्का नखोल्दा पहिलेको तुलनामा एक ट्रकमा नै रु पाँच हजार महँगो हालेर कच्चा पदार्थ किन्न निर्माण व्यवसायी बाध्य रहेको अधिकारीले बताउनुभयो ।

निर्माण सामग्री ढुवानी गर्ने टिपर दैनिक सात घण्टा रोकिँदा काममा समस्या आएको उहाँको भनाइ छ । सवारी चाप नियन्त्रणका लागि ट्राफिक प्रहरीले बिहान ८ देखि ११ बजेसम्म र साँझ ४ बजे देखि ८ बजेसम्म ढुवानीका टिपर रोक्दै आएको छ । अधिकारीको भनाइमा दिउँसोमा टिपर चल्न नपाउने र रातिमा कच्चा पदार्थ झिक्न नपाउने हुँदा समस्या भएको हो ।

सरकारले निजी जग्गाबाट निर्माणका लागि आवश्यक कच्चा पदार्थ खोल्ने तर खोलानाला नखोल्दा समस्या परेको निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा नदीजन्य पदार्थ पाउन नसक्दा समस्या भएको छ । यसको जिम्मा कसले लिने रु” राज्यको नीतिका कारण साना तथा ठूला निर्माण व्यवसायी मर्कामा परेको उहाँको भनाइ छ ।

ठेक्का सम्झौताअनुसार काम सम्पन्न गर्दासमेत सम्बन्धित निकायले समयमा निकासी नदिँदा अझै व्यवसायी मर्कामा परेको उहाँले बताउनुभयो । महँगीअनुसार मूल्यमा समायोजन नहुँदा निर्माण व्यवसायी समस्यामा परेको उहाँको भनाइ छ । लामिछानेले भन्नुभयो, “अधिकांश निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् ।” राज्यको नीतिका कारण व्यवसायी मर्कामा परेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता भएको मितिमा नै काम सम्पन्न हुनुपर्ने बताउनुभयो । पछिल्लो समय निर्वाधरूपमा कच्चा पदार्थ नपाएको, बैंकको ब्याज बढेको, इन्धनको मूल्यमा वृद्धि भएको स्वीकार गर्दै उहाँले कतिपय व्यवसायीले बहानाबाजी गरेर काम नगर्ने गरेको बताउनुभयो । भरतपुर महानगरपालिकाले अहिलेसम्म ठेक्का सम्झौता गरेर समयमा काम नसक्ने, सम्झौतापछि सम्पर्कमा नआउने, काममा ढिलासुस्ती गर्ने १७ निर्माण कम्पनीलाई कारबाहीसमेत गरेको अधिकारीले जानकारी दिनुभयो । राज्यले गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने तर व्यवसायीले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।

आन्य समाचारहरु:-
April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram