Listen Live: 

रंगहरुको पर्व होलीको अवसरमा भरतपुर–१३ को हिमाल युवा क्लबले टोलस्तरीय भेटेरानहरुबीचको भलिबल प्रतियोगिता आयोजना

Radio Chitwan
मङ्लबार, फाल्गुन २३, २०७९

भरतपुर । रंगहरुको पर्व होलीको अवसरमा भरतपुर–१३ को हिमाल युवा क्लबले टोलस्तरीय भेटेरानहरुबीचको भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

भलिबल खेलको प्रवद्र्धन गर्दै नेपाली सांस्कृति होलीको मौलिक संस्कृतिहरूको संरक्षण र संवद्र्धन गर्न ३५ वर्षमाथिको भेटेरान भलिबल आयोजना गरिएको क्लबका अध्यक्ष सञ्जीव न्यौपानेले बताए ।

उनका अनुसार क्लबको कार्यक्षेत्र रहेको भरतपुर–१३ का टोलहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय, चम्पानगरको खेल मैदानमा आयोजना गरिएको यो प्रतियोगित चौथो संस्करण हो ।

चौथो राइनोकुञ्ज भेटेरान भलिबल प्रतियोगिता–२०७९ सोमबार पहाडी होलीको दिनबाट सुरू भएको प्रतियोगिता मंगलबार तराईं होलीको दिनमा सम्पन्न हुनेछ । क्लबका निर्वतमान अध्यक्ष केशव देवकोटाका अनुसार पहिलो दिन ६ वटा खेल सम्पन्न भएका छन् ।

सोमबार पृथ्वी टोलविकास संस्था र पाखुरीचोक टोलविकास संस्था ९ख०, बाटुली पोखरी टोलविकास संस्था र ब्रह्मपुरी टोलविकास संस्थाबीच क्वाटर फाइनलको खेल हुनेछ । विजयी टिमले सोमिफाइनलमा प्रवेश गरेको धनुकिरण टोलविकास संस्था र पाखुरीचोक टोलविकास ९ए० सँग प्रतिस्पर्धा गर्ने छन् ।

क्लबका कोषाध्यक्ष राजेन्द्र दवाडीका अनुसार विजयी टिमले २० हजार, उपविजेताले १० हजार र तृतीयले पाँच हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उनका अनुसार प्रोत्साहन पुरस्कारस्वरुप चौथो हुने टिमलाई नगद तीन हजार पुरस्कार प्रदान गरिनेछ ।

‘प्रगतिको लागि युवा शक्ति, खेल विकासको लागि युवा शक्ति’ भन्ने मूलनाराका साथ २०५७ सालदेखि हिमाल युवा क्लब खेलकुद गतिविधिमा सक्रिय रहँदै आएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram