Listen Live: 

चितवन क्षेत्र नं–२ मा आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आज मंगलबारदेखि दाबी विरोधको कार्यक्रम सुरू हुँदै

Radio Chitwan
मङ्लबार, फाल्गुन २३, २०७९

भरतपुर । चितवन क्षेत्र नं–२ मा आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आज मंगलबारदेखि दाबी विरोधको कार्यक्रम सुरू हुँदैछ । यसअघि चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद् पद खारेज भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

चितवनमा आज पनि फागु पर्व मनाइँदै छ । भोलि बुधबार नारी दिवसको अवसरमा सार्वजनिक बिदा छ । दाबी विरोध कार्यक्रम सञ्चालनका लागि बिदाको दिन पनि कार्यालय खोलिने निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । दाबी विरोध कार्यक्रमअन्तर्गत मतदाताले उजुरी दिन र त्रुटि सच्याउन पाउने छन् ।

‘बिदाको दिन परे पनि फागुन २३ देखि २५ गतेसम्म दाबी विरोध कार्यक्रम सञ्चालन हुन्छ । त्यसको लागि निर्वाचन कार्यालय खुल्ला रहन्छ’, उनी भन्छन्, ‘दाबी विरोधमा कसैले झूटो विवरण दिएर मतदाता नामावलीमा नाम दर्ता गराएको पाए निजविरूद्ध उजुरी दिन सकिन्छ । आफ्नो मतदाता नामावलीमा केही त्रुटि छ भने त्यो सच्याउनको लागि निवेदन पनि दिन सकिन्छ ।’

उनका अनुसार मृत्यु भएका मतदाताको विवरण बुझाउन वडा कार्यालयहरुलाई आग्रह गरिएको छ । मृत्यु भएका मतदाताको विवरण आउनेक्रम जारी रहेको भन्दै उनले वडा कार्यालयले फागुन २७ गतेसम्म विवरण पठाउन सक्ने बताए । निवेदनहरु प्राप्त भएपछि चैत १ गतेसम्म विवरण रुजु गरेर निर्वाचन आयोगमा पठाइने उनको भनाइ छ ।

मृत्यु भएका वा बसाइसराइ गरी गएका मतदाताको नाम हटाउन सूचना दिन र नागरिकता त्याग गरेका वा रद्द भएका मतदाताको सूचना पनि दिन सकिने उनले बताए । त्यसपछि फरक–फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा प्राप्त निवेदनसहित जिल्लामा गरिएको अद्यावधिक विवरण निर्वाचन कार्यालयले आयोगमा पठाउने छ ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि जिल्लामा एक हजार १७९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये सबैभन्दा धेरै चितवन–२ मा ६३१ मतदाता थपिएका छन् । जिल्लामा कुल मतदाताको संख्या चार लाख नौ हजार ५२१ पुगेको छ ।

निर्वाचन कार्यालयका अनुसार चितवन–१ मा २६४ र चितवन–३ मा २८४ मतदाता थपिएका छन् । क्षेत्रगतरूपमा हेर्दा चितवन–१ मा एक लाख ४० हजार १०९, चितवन–२ मा एक लाख २४ हजार ८४६ र चितवन–३ मा एक लाख ४४ हजार ५६६ मतदाता संख्या पुगेको छ । दाबी विरोध कार्यक्रम सम्पन्न भएपछि केही मतदाताको संख्या घट्न सक्छ ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 18, 2024
पिठुवा खानेपानीकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ विजयी 

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।छैठाैं बार्षिक साधारण सभा तथा तेस्राे अधिवेशन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी बासुदेव शर्मा लामिछानेलाई […]

February 18, 2024
बाघमारा वनमा विषादी न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण

रत्ननगर । रत्ननगर वडा नं ७ स्थित बाघमारा सामुदायिक वन उपभाेक्ता समुहका उपभाेक्ताहरुलाई विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइएकाे छ । वनका उपभाेक्ता किसानलाई प्राङ्गारिक मलकाे प्रयाेगमा प्रेरित गर्दै विषादी न्यूनीकरणकाे […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram