Listen Live: 

चितवनका बर्ड फ्लुपीडित किसानले अझै पाउन सकेका छैनन् राहत

Radio Chitwan
मङ्लबार, फाल्गुन २३, २०७९

भरतपुर । चितवनका बर्ड फ्लुपीडित किसानले अझै राहत पाउन सकेका छैनन् । एक वर्षदेखि राहत नपाएका बर्ड फ्लुबाट पीडित बनेका किसान राहतको पर्खाइमा बस्दाबस्दै थाकिसकेका छन् । तर, राहत आएको छैन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले राहत रकम अर्थमन्त्रालयबाट निकासा हुन नसकेको बताए ।

उनले भने, ‘कृषि मन्त्रालयले जिल्लास्तरका विज्ञ केन्द्रबाट आएका पीडित किसानको सम्पूर्ण विवरणसहित राहत रकम माग गरेका थियौँ, अर्थमन्त्रालयले रकम विनियोजन पनि गरेको छ । तर, निकासा गरेको छैन ।’ उनका अनुसार रकम निकासा गर्न कृषि मन्त्रालयले अर्थमन्त्रालयसँग आग्रह गरिएको तर निकासा हुन सकेको छैन ।

कृषि मन्त्रालयको प्रस्तावअनुसार अर्थले बर्ड फ्लुपीडित किसानको लागि ५८ करोड ६० लाख रुपैयाँबराबरको रकम विनियोजन गरेको छ । तर, जिल्लास्तरमा पठाएको छैन । यतिबेला अर्थमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले लिएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले किसानको खातामै रकम आउँछ भने पनि अर्थमन्त्रालयबाट रकम नआउँदासम्म पीडित किसानले राहत नपाउने जनाएको छ ।

एक वर्षपछि बल्ल बर्ड फ्लुपीडित किसानले राहत पाउन लागेको हुन्, त्यसमा पनि ढिलाइ भइरहेको पशु विज्ञ केन्द्र भरतपुरका प्रमुख सुशीले केसीले बताउँछन् । केन्द्रका प्रमुख केसीले एक सातामा आउँछ भनिएको राहत अब कहिलेसम्म आउने हो, निश्चित नभएको बताए ।

उनका अनुसार चितवनमा गत वर्ष बर्ड फ्लुबाट ३७ पटा कुखुरा फार्मका करिब ३ लाख ८० हजार कुखुरा नष्ट भएका थिए । २७ करोड रुपैयाँबराबरको क्षति मूल्याङ्कन गरेर पीडित प्रत्येक किसानको विवरण कृषि मन्त्रालयमा पठाइएको र राहत रकमको पर्खाइमा रहेको केन्द्र्रका प्रमुख केसीले बताए ।

गत वर्षको बर्ड फ्लुका कारण चितवनमा सात लाख बढी अण्डा, ९५ हजार केजी दाना नष्ट भएको थियो । वर्ष बर्ड फ्लुको महामारीबाट देशभर चितवनमा सबैभन्दा बढी क्षति भएको विज्ञ केन्द्रको भनाइ छ । गत वर्ष पहिलोपटक २०७८ साल माघ २८ गते चितवनमा बर्ड फ्लु देखिएको थियो ।

२०७९ असार २५ गतेसम्म चितवनमा बर्ड फ्लुको कारणले क्षति भएको थियो । बर्ड फ्लुबाट पीडित किसानले क्षतिपूर्तिका लागि आन्दोलन नै गरेका थिए । आन्दोलित किसानको माग एक वर्षपछि सम्बोधन हुने संकेत मिले पनि रकम निकासा हुन ढिलाइ भइरहेको छ । राहत रकम ढिलाइ हुँदा पीडित किसानले थप पीडित बनेका छन् ।

पीडित किसानका अनुसार कति क्षति हुँदा कति राहत रकम पाउने भन्ने कुरा निश्चित भएको छैन, मूल्याङ्कनको आधारमा अर्थमन्त्रालयले विवरणसहित राहत पठाएपछि त्यहीअनुसार किसानको खातामा रकम पठाइने विज्ञ केन्द्रका प्रमुख केसी बताउँछन् । ‘राहत आउनेमात्र भनिएको छ, कति आउने हो थाहा छैन’, विज्ञ केन्द्रका प्रमुख केसीले भने । प्रतिकिसान कम्तीमा १२ लाखदेखि २ करोड रुपैयाँसम्म राहत आउने गरी जिल्लाबाट विवरण आएको कृषि विभागको भनाइ छ ।

राहत रकम प्राप्तपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समितिले पीडित किसानसँग निवेदन माग गर्नेछ । उनीहरुको माग र बर्ड फ्लु नियन्त्रणका बेला तयार भएको मुचुल्काका आधारमा किसानको खातामा राहत रकम पठाइने विज्ञ केन्द्रले जनाएको छ ।

पशुसेवा विभागका अनुसार २०७८ माघयता फैलिएको बर्ड फ्लुका कारण देशभर २९९ जना किसानको ६ लाख कुखुरा मरेका र क्षतिको आधारमा राहत रकम माग गर्दै विवरण अर्थमन्त्रालयमा पठाइएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram