कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा फागु पूर्णिमा सभ्य र सुरक्षित तरिकाले मनाइयो

चितवन, फागुन २३–
चितवनमा सोमबार फागु पूर्णिमा सभ्य र सुरक्षित तरिकाले मनाइएको छ । जिल्लामा विशेषगरी पहाडी होली धुमधामसँग मनाउने गरिन्छ । आज तराई होली आदिवासी थारु लगायत केहि समुदायले मनाउने गर्छन् ।
होली पर्व मनाउने संस्कृतिमा धेरै सुधार आएको जिल्ला प्रहरी कार्यालय चितवनले विश्लेषण गरेको छ । होली पर्वमा हुन सक्ने घटनालाई लक्षित गरेर चितवन प्रहरीले सोमबार जिल्लाको ३० ठाउँमा चेकिङ राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले सोमबार जिल्लामा कुनै अप्रिय घटना नभएको बताए । ‘यसअघिको होलीमा ठूला दुर्घटना र अप्रिय घटना समेत भएका थिए । यसपाली आम समुदायले सभ्य तरिकाले होली मनाउनुभएको छ । झै–झगडा र मापसे गरेर सवारी चलाउने घटना पनि खासै भएन’, उनले भने ।
पछिल्लो समय टिकटक बनाउनकै लागि भएपनि होली खेल्ने प्रवृत्ति देखिन्छ । जिल्लामा आज पनि होली मनाउने समुदाय रहेकाले हिजोको जस्तै सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सोमबार मादक पदार्थ सेवन गरी सवारी चलाउने एक जना मात्रै चालक कारबाहीमा परेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]