काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
चितवन जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको अध्यक्षमा धनबहादुर गुरूङ चयन

चितवन, फागुन २३–
चितवन जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको अध्यक्षमा धनबहादुर गुरूङ चयन भएका छन् । भरतपुरमा सम्पन्न चौथो अधिवेशनले गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिलकुमारी लामा, सचिवमा सरस्वती लामा, सहसचिवमा खुमप्रसाद पन्त, कोषाध्यक्षमा रुविन पौडेल र सदस्यहरुमा शिवलाल भुर्तेल, माधवप्रसाद अर्याल, मनकुमार गुरूङ, जोखाप्रसाद चौधरी, राजकुमार शाह, कृष्णराज अधिकारी, केशव सिलवाल, सविता गौतम दाहाल र इन्दुराज खनाल चयन भएका छन् ।
अधिवेशनले लेखा समिति संयोजकमा भीमबहादुर क्षेत्री र सदस्यहरुमा मिलन पाण्डे र सरस्वती लम्साल पौडेललाई चयन गरेको छ ।
अधिवेशनले संघीय प्रतिनिधिमा सिर्जना बसौला देवकोटा, चन्द्र्रमाया लामा, माधवप्रसाद अर्याल र हरिप्रसाद भण्डारी तथा प्रदेश प्रतिनिधिमा सुमित्रा अधिकारी, विष्णुकुमार कुँवर, केदारप्रसाद चापागाईं र गणेशप्रसाद बर्तौला चयन भएको निर्वाचन समितिका संयोजक ठाकुरप्रसाद दुवाडीले जानकारी दिए ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]