Listen Live: 

चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले सोमबार बालीनालीको क्षतिपूर्ति स्वरुप राहत वितरण

Radio Chitwan
सोमवार, फाल्गुन २२, २०७९

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले सोमबार बालीनालीको क्षतिपूर्ति स्वरुप राहत वितरण गरेको छ ।

वन्यजन्तु मानब बस्तीमा प्रवेश गरेर अन्नबालीमा गरेको क्षतिको सामुदायिक वनले क्षतिपूर्ति स्वरुप राहत वितरण गरेको हो । सामुदायिक वनको कार्यालयमा आयोजित कार्यक्रममा वनका अध्यक्ष जीतु तामाङले किसानहरुलाई राहत रकम हस्तान्तरण गरेका थिए । वन्यजन्तुले तोरी,मसुरो र धानको बीउमा परेको क्षतिको राहत प्रदान गरिएको अध्यक्ष तामाङले बताए ।

७५ घरधुरीलाई १ लाख ६० हजार ५०० रुपैया राहत स्वरुप वितरण गरिएको छ । किसानहरुले न्यूनतम एक हजार देखि अधिकतम ५ हजार रुपैया सम्म राहत रकम पाएका छन् । सो सामुदायिक वनले सुत्केरीलाई पोषण भत्ता समेत वितरण गरेको छ । ८२ जनालाई जनही २ हजारका दरले १ लाख ६४ हजार रुपैया वितरण गरिएको अध्यक्ष तामाङले बताए ।

सौराहाको पर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको सो सामुदायिक वनले संरक्षण र जीविकोपार्जनलाई महत्व दिएर काम गर्दैै आएको छ । केही बर्ष अघि सम्म सामुदायिक विकासलाई जोड दिएको सो वनले पछिल्लो समय सीप विकास मार्फत गरिबी निवारणको कामलाई जोड दिइएको वनका अध्यक्ष तामाङले बताए ।

वन्यजन्तुलाई बस्तीमा छिर्न नदिन वन र बस्तीको सिमानामा पर्खाल लगाउने कामलाई समेत तीब्र पारिएको छ । बोद्रहनी क्षेत्रमा अहिले सम्म करिक २ किलोमिटर कंक्रिट पर्खाल लगाउने काम सकिएको र बाँकी ठाउँहरुमा पर्खाल निर्माण गर्ने योजना रहेको बताए ।

सामुदायिक वनमा क्यानोपीवाक निर्माणको काम चालु आर्थिक बर्षबाटै सुरु हुने भन्दै अध्यक्ष तामाङले चितवनमा नौलो पर्यटनकोे अभ्यासका लागि क्यानोपीवाक निर्माण गर्न लागिएको बताए ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram