Listen Live: 

अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण चितवनमा करिब छ करोडको क्षति

Radio Chitwan
सोमवार, फाल्गुन २२, २०७९

भरतपुर । बंगुरमा देखिने ‘अफ्रिकन स्वाइन फिभर’ रोग चितवन जिल्लाका विभिन्न ठाउँमा फैलिरहेको छ । गत वर्षको साउनदेखि यहाँका बंगुर फार्महरुमा देखिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा आएको छैन । यो रोगको सङ्क्रमणका कारण चितवनमा हालसम्म तीन हजार १५७ वटा बंगुर मरिसकेका छन् भने किसानले करिब छ करोडको क्षति व्यहोरिसकेका छन् ।

भरतपुर, खैरहनी, रत्ननगर र इच्छाकामनामा बंगुर फार्महरुमा देखिएको स्वाइन फिभर माडी नगरपालिकामा पनि देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले जनाएको छ । विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार चितवनमा अब स्वाइन फिभर देखिएका खोर १३ वटा पुगेको छ ।

विज्ञ केन्द्रका प्रमुख केसीले भने, ‘माडीमा पहिलोपटक देखिएको पुष्टि भयो, यो स्वाइन फिभर रोकिनुको साटो झन् बढेको छ ।’ गएको शुक्रबार माडी नगरपालिका–२ स्थित न्यू जेनेरेसन एग्रो फार्मका करिब २०० बंगुर मरे । बंगुरमा अफ्रिकन स्वाइन फिभरकै लक्षण देखिएको थियो ।

भरतपुर महानगरपालिका–८, गौरीगञ्जस्थित एक फार्ममा मरेका बंगुरको नमुना आइतबार काठमाडौँ पठाइएको छ । अफ्रिकन स्वाइन फिभर देखिएका फार्ममा सबै बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्राविधिक डा। प्रभात न्यौपानेले बताए । ‘यो रोग पुष्टि भएका फार्मका सबै बंगुर मरिसकेका छन् । उनका अनुसार भरतपुरका एक हजार ३७७, रत्ननगरका ३८८, खैरहनीका ७७१ र इच्छाकामनाका ६२१ बंगुर मरेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले स्वाइन फिभरबाट मरेका बंगुरसहितको विवरण क्षतिपूर्ति तथा राहतका लागि बागमती प्रदेश सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पठाएको छ । केन्द्रका प्रमुख केसीले भने, ‘आठवटा फार्मको क्षतिको विवरण पठाएका छौँ, किसान राहत पाउने आशमा छन् ।’ उनका अनुसार एक साताअघि क्षतिको विवरण प्रदेशमा पठाइएको हो ।

‘क्षतिको विवरण पठाइयो, यता स्वाइन फिभर रोकिएको छैन । पीडित किसान थपिएका थपियै छन्’, विज्ञ केन्द्रका प्रमुख केसीले भने, ‘नयाँ–नयाँ बंगुर फार्ममा यो रोग देखिएको छ ।’

जैविक सुरक्षा विधि अपनाऔँ स् चिकित्सक

अफ्रिकन स्वाइन फिभर रोकथाम तथा नियन्त्रण गर्न अहिलेसम्म भ्याक्सिन बनेको छैन । चिकित्सकहरुले यो रोगबाट बंगुरलाई बचाउन जैविक सुरक्षाको विधि अपनाउनुपर्ने बताउँछन् ।

चिकित्सकहरुका अनुसार फार्ममा बाहिरका मान्छेलाई प्रवेश गर्न नदिने र बंगुरलाई होटलका दाना खुवाउन हुँदैन । यसरी मात्रै बंगुरलाई बचाउन सकिन्छ । यो रोगबाट बच्ने उपाय भनेको जैविक सुरक्षा विधिमात्रै हो । यो रोग लागेपछि बंगुरमा उच्च ज्वरो आउँछ । त्यसपछि बंगुरले दाना खाँदैन । यो रोग लागेपछि बंगुर बाँच्ने सम्भावना नरहने उनी बताउँछन् ।

विज्ञ केन्द्रका पशु विकास अधिकृत डा। रामचन्द्र आचार्यले भने, ‘यो रोग एकपटक लागिसकेपछि बंगुर नष्ट गर्नुको विकल्प छैन । घरपालुवा सुँगुर, बंगुर र बँदेल जातमा यो फिभरको सङ्क्रमण देखिन्छ ।’

डा। आचार्यका अनुसार यो रोग एक ठाउँमा लागेपछि बंगुर अर्को ठाउँमा सार्नुपर्ने हुन्छ, नत्र खोरमै बंगुर मरेर सकिन्छ । नयाँ फिभर भएको हुनाले नेपाल सरकारले यसको अध्ययनसमेत गरेको छैन ।

चितवनमा कहिलेबाट देखियो रु

काठमाडौँमा पहिलोपटक यो रोग देखिएको हो । ढुवानीको साधनमार्फत चितवनमा यो रोग भित्रिएको अनुमान गरिएको छ । चितवनमा पहिलोपटक साउन ८ गते भरतपुर महानगरपालिका–६ स्थित नरेन्द्रप्रसाद कन्दङ्वाको पाथिभरा पशुपालन तथा दाना उद्योगका बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो । कन्दङ्वाले पालेका एक हजार २३० बंगुर मर्दा तीन करोड दुई लाख ७५ हजार रूपैयाँ क्षति भएको थियो ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram