Listen Live: 

चितवनमा कृषि आधुनिकीकरणतर्फ किसानको आकर्षण

Radio Chitwan
सोमवार, फाल्गुन २२, २०७९

भरतपुर । चितवनमा कृषि आधुनिकीकरणतर्फ किसानको आकर्षण बढेको छ । परम्परागत खेतीप्रणालीलाई विस्थापित गराउँदै आधुनिक प्रविधिमार्फत खेतीपाती गर्ने कामको सुरूवात भएसँगै चितवनमा कृषि यान्त्रिकीकरणको मागसमेत बढ्दै गएको छ । सरकारले पनि किसानका लागि कृषि यान्त्रिकीकरणतर्फ विशेष जोड दिँदै आएको छ ।

किसानको लागत मूल्य घटाउन पनि सरकारले किसानलक्षित कार्यक्रम कार्यान्वयन गर्दै जाँदा चितवनका किसान यान्त्रिकीकरण प्रविधितर्फ आकर्षित भएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत धनबहादुर थापामगरका अनुसार यसवर्ष चितवनका किसानले १३० बिगाहा क्षेत्रफलमा चारचक्के राइस प्लान्टर ९मेसिन०बाट धान रोप्ने तयारी गरेका छन् ।

‘गत वर्ष जम्मा ६० बिगाहा क्षेत्रफलमा मात्रै मेसिनबाट धान रोपेका थिए’, उनले भने, ‘गत वर्षको तुलनामा यसवर्ष दोब्बरभन्दा बढी किसान कृषि यान्त्रिकीकरणतर्फ आकर्षित भएका छन् । यो तथ्याङ्कले किसानहरु बिस्तारै प्रविधिमैत्री बन्दै गएको पुष्टि गर्छ ।’

उनका अनुसार यसवर्ष खैरहनी नगरपालिकाको वडा नं–१०, ११ मा पर्ने कठार, वडा नं–१२ र १३ मा पर्ने कुमरोजलगायतका क्षेत्रमा मेसिनबाट धान रोपिँदैछ । यस्तै, रत्ननगर नगरपालिकाको झुवानी र बछौली क्षेत्रस्थित वडा नं–५, ६ र ७ मा पनि यान्त्रिकीकरण प्रविधिबाटै धान रोप्ने तयारी गरेको उनले बताए ।

मेसिनबाट धान रोप्नका लागि ‘ट्रे’मा बीउ राख्नुपर्ने हुन्छ । किसानको माग बढी भएकोले यसवर्ष बीउ राख्ने ट्रे नपुगेर प्लास्टिकको म्याट बनाएर बीउ राखेका छन् । ‘केहीले सामुदायिकरुपमा बीउ राखेका छन् भने केही किसानले व्यक्तिगत तरिकाले पनि बीउ राखेका छन्’, उनले भने, ‘यसले किसानहरु आधुनिक प्रविधिमा बिस्तारै अभ्यस्त हुँदै गएको बुझाउँछ ।’

खैरहनीको कठारमा महिला साना किसान कृषि सहकारी संस्थाले ३० बिगाहा क्षेत्रफलमा रोप्न मिल्ने गरी एकै ठाउँमा सामुदायिक नर्सरी बनाएको छ । एकै ठाउँमा बीउ राख्दा बीउ राख्ने बेलामा लागत खर्च अझ कम हुने परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी एवम् कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए । ‘किसानलाई अभ्यस्त नहुँदासम्म सामुदायिक नर्सरी बनाए पनि यसलाई बिस्तारै व्यक्तिगत बनाउँदै लैजानुपर्छ’, उनले भने ।

लागत खर्च घटाउनका लागि उपाय खोजिरहँदा प्लास्टिकको म्याट बनाएर त्यसमा बीउ राख्ने उपाय पनि विकल्पको रुपमा देखिएको उनको भनाइ छ । मेसिनबाट धान रोप्दा बीउ उत्पादनमै आधार खर्च कम हुने उनले बताए । ‘परम्परागतरुपमा बीउ राख्दाभन्दा मेसिनबाट रोप्नका लागि बीउ राख्दा आधामात्रै बीउ राखे पनि पुग्छ’, उनले भने ।

किसानले पनि कृषि प्रविधिमा सरकारले अनुदान दिँदा लागत खर्च कम भएको महसुस गरेका छन् । चार बिगाहा खेतमा धान रोप्नका लागि सधैँ दुई मुरी १० पाथी बीउ राख्दै आएकी रत्ननगर बछौलीकी लक्ष्मी चौधरीले यसपटक मेसिनबाट धान रोप्नका लागि जम्मा दुई मुरीमात्रै बीउ राखेकी छन् ।

‘मेसिनबाट धान रोप्ने भनेपछि थोरै बीउ राखे पनि हुने रै’छ’, उनी भन्छिन्, ‘यसपटक पहिलो अभ्यास हो । बीउ राख्दा कम खर्चमै हुँदोरहेछ । रोपेर थन्क्याउने बेलासम्म पनि सस्तो पर्छ भन्ने सुनेको छु ।’ आफूले गरिरहनेभन्दा फरक तरिकाले बीउ राख्दा नाफा–घाटाभन्दा पनि रमाइलो लागेको उनले सुनाइन् ।

परियोजना कार्यान्वयन एकाइ चितवनले भने गत वर्षको अभ्यासले कृषकहरुलाई यान्त्रिकीकरणतर्फ आकर्षित गराएको बताएको छ । कृषिमा आधुनिकीकरण गराउँदा किसानको लागत मूल्य घट्नुका साथै उत्पादन बढ्ने हुँदा किसानले यसतर्फ विशेष चासो देखाउने क्रम बढ्दै गएको कार्यान्वयन एकाइ चितवनका प्रमुख थापाले बताए । उनका अनुसार मेसिनबाट धान रोप्दा लागत मूल्यमा २५ प्रतिशत कम हुने र उत्पादनमा १५ प्रतिशत वृद्धि हुने गरेको छ ।

‘बीउ राख्दा पनि परम्परागतरुपमा काम गर्दा प्रतिबिगाहा ४० केजी बीउ छर्नुपर्नेमा राइस प्लान्टरबाट रोप्नका लागि प्रतिबिगाहा जम्मा १२ केजी बीउ राखे पुग्छ’, उनले भने, ‘लागत खर्चमा पनि परम्परागत खेतीप्रणालीलाई पछ्याउने हो भने प्रतिबिगाहा १२ हजार रूपैयाँ खर्च लाग्नेमा राइस प्लान्टरबाट रोप्दा प्रतिबिगाहा जम्मा पाँच हजारमात्रै खर्च हुने देखिन्छ ।’

मेसिनबाट धान रोप्ने कार्यक्रम यसवर्ष यही फागुन १४ गतेदेखि सुरू गरिएको उनले बताए । यसवर्ष चितवनमा करिब तीन हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान लगाउने अनुमान गरिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram